
काठमाडौँ । नेपाल प्रतिभा प्रतिष्ठान, बेलायतले यसवर्षको प्रतिभा सम्मान राजेश्वर थापा र प्रतिभा पुरस्कार सन्ध्या सुब्बा सिङ्जाङ्गोलाई प्रदान गरेको छ ।
शनिबार काठमाडौंमा आयोजित ‘प्रतिभा सम्मान तथा पुरस्कार समर्पण एवं ग्रन्थ लोकार्पण कार्यक्रम’मा साहित्य तथा खोज अन्वेषणका माध्यामबाट भाषा, संस्कृतिको प्रवर्द्धनमा उहाँहरूले पुर्याएको योगदानको कदर गर्दै सम्मान र पुरस्कार प्रदान गरिएको हो । सम्मानित थापा लिम्बु संस्कृति, ताप्लेजुङका बारेमा अध्ययन, अनुसन्धान गर्नुका साथै दर्जनौँ पुस्तकका लेखक पनि हुनुहुन्छ भने पुरस्कृत सुब्बा इतिहासकार तथा मुन्धुम अध्येता हुनुहुन्छ ।
सोही कार्यक्रममा ‘बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ’ पनि लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तिलबिक्रम नेम्वाङ (बैरागी काइँला)लाई दुई वर्षअघि नागरिक अभिनन्दन गरिएको थियो । अभिनन्दनका क्रममा बैरागी काइँलाका बारेमा विभिन्न वक्ताले राख्नुभएका धारणा, उहाँका कृतिमाथिको समालोचना, मुन्धुम अध्ययन तथा प्रवर्द्धनमा उहाँको भूमिकालगायत विषयवस्तु ग्रन्थमा समेटिएका छन् ।

कार्यक्रममा बैरागी काइँलाले २०४६/४७ पछि नेपालमा रैथाने आन्दोलन तथा भाषाभाषी आन्दोलन सुरु भएको र युवा पुस्तालाई त्यसले आफ्नो धर्म, संस्कृति, भाषालगायत विषयमा जागरुक बनाएको धारणा राख्नुभयो । आफ्नो जातिय पहिचान तथा इतिहासबारे अध्ययन, अनुसन्धान हुनु सकारात्मक विषय रहेको पनि उहाँको भनाइ छ ।
प्रा डा अभि सुवेदीले आयामेली चिन्तन भेटिने बैरागी काइँलाका कृतिमा भिन्न दर्शन भेटिने बताउनुभयो । त्यस्तै, प्रा डा गोविन्दराज भट्टराईले प्रतिष्ठानसँग जोडिएका साहित्यकार तथा सर्जकले युद्ध साहित्य, मुन्धुम साहित्य, डायस्पोरालगायत विषयलाई प्रोत्साहन दिइरहेको टिप्पणी गर्नुभयो ।
सम्मानित सर्जक थापाले नेपालमा अधिकांश लेखक तथा अनुसन्धानकर्मीले आर्थिक अभाव खेप्ने गरेको दुःखद् अनुभव सुनाउनुभयो ।
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने
तमु प्ये ल्हु सङ्घ युकेको नेतृत्वमा ५५ सदस्यीय टोली आइतबारदेखि क्व्होलोसोथारको भ्रमणमा
को हुन् बेलायतमा रहेकी अनिता राना मगर ?
सुरु भयो एनआरएनए र आईएलओको सहकार्यमा रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर