
लन्डन । नेपाली मार्सल आर्ट्स खेलाडी भूपेन्द्र गुरुङले आईएमएसी खुला प्रतियोगितामा दुई स्वर्ण पदक जित्नुभएको छ । इन्टरनेसनल मार्सल आर्ट्स कर्पोरेसन (आईएमएसी) मुख्यालयद्वारा बेलायतमा आयोजित प्रतियोगितामा भूपेन्द्रले दुई फरक स्पर्धामा स्वर्ण जित्नुभएको हो ।
भूपेन्द्रले युकेमा भएको प्रतियोगिताको नान छ्वान र ताइची स्पर्धामा स्वर्ण जित्नुभएको थियो । उहाँले नान छ्वानमा २७.३ तथा ताइचीमा २७ अंक जोड्नुभएको हो । दुवै स्पर्धा ३० पूर्णाङ्कको थियो ।
तीन महिनाको अवधिमा भूपेन्द्रले जित्नुभएको योसहित ८ पदक हो । यसअघि अमेरिकाको विभिन्न सहरमा भएका तीन प्रतियोगितामा भूपेन्द्रले ६ पदक जित्नुभएको थियो । ब्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा २ स्वर्ण, १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा २ रजत र छैटौं एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा १–१ स्वर्ण र रजत जित्नुभएको थियो ।
भूपेन्द्र आईएमएसी खुला प्रतियोगिता खेल्न अमेरिकाबाटै युके पुग्नुभएको हो ।
चलचित्र वितरक रोहित कसरी ‘मिरमिरे’मा लगानीकर्ता बन्नुभयो ?
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन