
लन्डन । नेपाली मार्सल आर्ट्स खेलाडी भूपेन्द्र गुरुङले आईएमएसी खुला प्रतियोगितामा दुई स्वर्ण पदक जित्नुभएको छ । इन्टरनेसनल मार्सल आर्ट्स कर्पोरेसन (आईएमएसी) मुख्यालयद्वारा बेलायतमा आयोजित प्रतियोगितामा भूपेन्द्रले दुई फरक स्पर्धामा स्वर्ण जित्नुभएको हो ।
भूपेन्द्रले युकेमा भएको प्रतियोगिताको नान छ्वान र ताइची स्पर्धामा स्वर्ण जित्नुभएको थियो । उहाँले नान छ्वानमा २७.३ तथा ताइचीमा २७ अंक जोड्नुभएको हो । दुवै स्पर्धा ३० पूर्णाङ्कको थियो ।
तीन महिनाको अवधिमा भूपेन्द्रले जित्नुभएको योसहित ८ पदक हो । यसअघि अमेरिकाको विभिन्न सहरमा भएका तीन प्रतियोगितामा भूपेन्द्रले ६ पदक जित्नुभएको थियो । ब्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा २ स्वर्ण, १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा २ रजत र छैटौं एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा १–१ स्वर्ण र रजत जित्नुभएको थियो ।
भूपेन्द्र आईएमएसी खुला प्रतियोगिता खेल्न अमेरिकाबाटै युके पुग्नुभएको हो ।
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित