
काठमाडौं । सरकारसँग वार्ता नमिलेपछि मुक्कुमलुङ संरक्षणका लागि थप संघर्षका कार्यक्रम घोषणा गरिएको छ ।
सोमबारको वार्ता बिनानिष्कर्ष टुङ्गिएपछि पाथीभरा केबलकारको विरोध गर्दै आएको समूहले सोमबार पत्रकार सम्मेलन गर्दै आन्दोलन गर्ने घोषणा गरेको हो । केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तरदलीय राजनीतिक पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।
जारी विज्ञप्तिमा माघ २९ गतेदेखि फागुन ९ गतेसम्म ग्लोबल आईएमई बैङ्कसहित आईएमई समूहको बहिष्कार गर्ने घोषणा गरेका छन्।
१. मिति २०८१ माघ २९ देखि फागुन ९ गतेसम्म ग्लोबल आइएमइ बैंकसहित आइएमइ समूह १ नं. प्रदेशलगायत देश विदेशमा बहिष्कार गर्ने ।
२. २०८१ फागुन ६ देखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’।
३. केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका कार्यालय घेराउ ।
४. केबलकार निर्माण सामग्री ढुवानी नगर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्ने ।
५. काठमाडौं, इटहरी र विर्तामोडमा केबलकार विरोध सभा गर्ने ।
६. केबलकार खारेजीका लागि १ नं. प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमार्फत संघ सरकारलाई विरोधपत्र पठाउने, प्रदर्शन गर्ने र विदेशस्थित दूतावासबाट विरोधपत्र पठाउने ।
७. अनिश्चितकालीन यातायात बन्द र आमहडताल ।


नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]