काठमाडौं । भारतमा रेल दुर्घटनामा परी ७ नेपालीसहित १३ जनाको ज्यान गएको छ ।

बुधबार महाराष्ट्रको जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा भएको दुर्घटनामा ४ जना अछामका, एक जना कैलाली र दुई जना कोशी प्रदेशका रहेका नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा अछामको पंचदेवल विनायक नगपालिका – ४ का नन्दाराम विक , उहाँकी श्रीमती मैसरा विक, छोरा हिमु विक ,कलबजार नगरपालिका –४ चाल्साकी ६० वर्षीया जयकला कामी रहनुभएको छ ।
त्यसैगरी कैलालीको मोहन्याल गाउँपालिका –६ सोल्टाकी ४३ वर्षीया कमला भण्डारी, नेपालको ठेगाना नखुलेकका राधेश्याम भाइ र लच्छिराम कन्नु पासवान रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नेपालका हृयुजला सावन्त, धर्मबहादुर सावन्त र दिपक थापाको विघ्नहर्ता अस्पताल पाचोरामा उपचार भइरहेको छ ।महाराष्ट्र राज्यस्थित जलगाउँमा बुधबार साँझ लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेपछि यात्रु रेलबाट हाम फालेका थिए ।
रेलवे अधिकारीका अनुसार पुष्पक एक्सप्रेसमा सवार यात्रुले रेलको पांग्राबाट धूवाँ निस्किएपछि सम्भावित आगलागीको डरले लिकमै हाम फालेका थिए ।
त्यस क्रममा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको कर्नाटक एक्सप्रेसको रेलले उनीहरूमध्ये धेरैलाई किचेको थियो ।
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक धरमराज भण्डारी
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता