काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा.बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेट गरेको छ ।

मंगलबार भएको भेटमा संघका अध्यक्ष डा केसीले आगामी हिउँदे अधिवेशनमा गैरआवासीय नेपालीका लागि संविधानले सुनिश्चित गरेको सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार कार्यान्वयनका लागि सरकारका तर्फबाट पेश हुन लागेको भनिएका विभिन्न विधेयकलाई प्राथमिकतामा राखी अघि बढाउन अनुरोध गर्नुभयो । अध्यक्ष डा केसीले भन्नुभयो, ‘संविधानतः गैरआवासीय नेपालीलाई दिइएको अधिकार कार्यान्वयनसँग सम्बन्धित दर्जन बढी विधेयक संसद्मा पेश गर्न लागेको आश्वासन सरकारबाट पाएका छौँ तिनलाई प्राथमिकतामा दिनुपर्यो ताकी हामीले संविधानले दिएको अधिकार उपभोग गर्ने मार्ग प्रशस्त होस् ।ʼ
उक्त अवसरमा सभामुखले गैरआवासीय नेपाली संघले उठाएका विभिन्न विषयहरुका बारेमा जानकारी लिई सकारात्मक रुपमा सहजीकरण तथा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा अध्यक्ष डा.केसीले संघको आगामी अक्टोबर ११ देखि १४, २०२५ मा आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचनका बारेमा समेत जानकारी गराउनुभयो ।
भेटमा महिला उपाध्यक्ष रोजिना प्रधान राई, उपमहासचिव सोमनाथ सापकोटा, सहकोषाध्यक्ष कृष्णप्रसाद तिमल्सेना, एसिया प्रशान्त क्षेत्रका संयोजक हरि भट्टराई तथा सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत सहभागी हुनुहुन्थ्यो ।
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक धरमराज भण्डारी
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता