काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरुको मागहरु आगामी हिउँदे अधिवेशनमा सम्बोधन हुने बताउनुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आइतबार राति गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीसँग भएको भेटमा प्रधानमन्त्री आलीले उक्त कुरा बताउनु भएको हो ।

भेटमा अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली संघले आगामी हिउँदे अधिवेशनबाट विदेशमा रहेका नेपालीहरूलाई संविधानले सुनिश्चित गरेका सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारको कार्यान्वयनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गर्नुभएको थियो । संघका अध्यक्ष डा केसीले प्रधानमन्त्री ओलीलाई भेटेर संविधानले नै स्पष्ट रुपमा दिएको अधिकार कार्यान्वयनमा सहजीकरण गरिदिन अनुरोध गर्नुभएको हो ।
अध्यक्ष डा केसीले लगानीको सबालमा सरकारले धेरै हदसम्म माग सम्बोधन गरे पनि उक्त लगानी भित्र्याउन आवश्यक गैरआवासीय नेपाली नागरिकताकै कार्यान्वयन नहुँदा प्राप्त उपलब्धिमा पनि खुशी हुने अवस्था नभएको बताउनुभएको थियो । बारम्बार ध्यानाकर्षण गराउनुका साथै, नेपाल कानुन सुधार आयोगबाट समेत प्रस्तुत भएको मस्यौदालाई पनि वेवास्ता गर्दै पछिल्लो पटक गैरआवासीय नेपाली नागरिताबहाकलाई १० वर्ष भिसा शुल्क छुट हुने प्रावधानको अध्यादेश जारी भएकोप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष डा केसीले भन्नुभयो, ‘हामी आफ्नै देशमा आउन पनि पैसा तिरेर आउनुपर्ने प्रावधान आयो प्रधानमन्त्री ज्यू ? के हामी नेपाली होइनौँ ? संविधानले नै दिएको अघिकार पनि संकुचित पार्दा विदेशमा बस्ने ८० लाख नेपाली हतोत्साही भएका छन् ।ʼ
जवाफमा प्रधानमन्त्री ओलीले संविधानमै भएका कतिपय व्यवस्थाका लागि कानुन निर्माणको चरणमा रहेकोले पनि कार्यान्वयनमा ढिलाई भए पनि अब छिट्टै यो समस्या समाधान हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब संसद् बैठक आह्वान हुँदा तपाईंहरुको समस्या पनि सम्बोधन हुन्छ, सबै एकैपटक नभए पनि क्रमशः तपाईंहरुले भोग्नुपरेको कठिनाई सम्बोधन हुन्छ ।ʼ
सरकारले अध्यादेशमार्फत गैरआवासीय नेपालीहरुलाई १० वर्षे भिसा दिने व्यवस्था लागू गरे पछि संघका अध्यक्ष डा. बद्री केसीले राजनीतिक नेतृत्वसँगको भेटलाई तीव्र पार्नुभएको छ । यसअघि यहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक लगायतलाई भेटेर संघका मागबारे ध्यानार्कषण गराउनुभएको थियो ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान