
लन्डन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद डा. शेखर कोइरालाले ब्रिटिस गोर्खा, ब्रिटेनबाट नेपाल हवाई उडानलगायत विषय बेलायत सरकारका मन्त्री र सांसदहरुसँग उठाउने बताउनुभएको छ ।
नेपाली दूतावास लण्डनमा शुक्रबार उहाँकै स्वागतका लागि आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै सांसद कोइरालाले उक्त धारणा राख्नुभएको हो । ‘समान काम, समान पेन्सन ब्रिटिस गोर्खाहरुको माग छ । यो स्वाभाविक हो । ब्रिटिस मित्रहरुसँग कुरा हुँदा यो विषय उठाउँछु,’ उहाँले थप्नुभयो, ‘इयूले कालोसूचीमा राखेकाले नेपालबाट जहाज यूरोपमा आउन पाको छैन । ब्रिटेनमा त आउने कुरै भएन । त्यसैले नेपालबाट यहाँ जहाज आउन समय लाग्ला । तर ब्रिटेनबाट सुरुमा हप्तामा १ दिन वा २ दिन नेपालमा जहाज पठाउन सकिन्छ कि भन्ने कुरा पनि म ब्रिटिस मित्रहरुसँग राख्छु ।’
उहाँले गैर आवासीय नेपाली नागरिकता वितरण गरिए पनि कार्यान्वयनमा समस्या आउनु गुड गभर्नेन्स नहुँदाको असर भएको बताउनुभयो । ‘नेपालमा समस्या भइरहेको डिसिजन गरिदिन्छ तर सेवाग्राहीले फाइदा लिन पाइरहेको हुँदैन । गुड गभर्नेन्स नहुँदा यस्तो भयो । यसबारे हामी चिन्तित छौं । जस्तो, एनआरएन नागरिकता दिइयो तर कार्यान्वयनमा समस्या भइरहेको छ,’ उहाँले भन्नुभयो ।
नेपाली राजनीतिबारे यहाँका नेपाली समुदाय जानकार रहेको भन्नुहुँदै उहाँले संक्षिप्तमा टिप्पणी गर्नुभयो, ‘अहिले नेपालको राजनीति अत्यन्तै तरल छ ।’
बेलायतको एसिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा उहाँ बिहीबार बेलायत आउनुभएको हो । सांसद कोइरालाले यही जनवरी १३ मा संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्नुहुन्छ । त्यस्तै बेलायती राजनीतिज्ञहरुसँग भेटघाट साथै विभिन्न सहरमा नेपाली समुदाय र कांग्रेस कार्यकर्तासँग पनि अन्तरक्रिया गर्नुहुनेछ । उहाँ १६ तारिखमा नेपाल फर्कनुहुने कार्यक्रम छ ।
त्यसअघि कार्यक्रममा बोल्नुहुँदै नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख विपिन दुवाडीले सांसद कोइरालाजस्तो प्रभावशाली व्यक्तित्वलाई दूतावासमा स्वागत गर्न पाउनु खुसीको कुरा भएको बताउनुभयो । उहाँले दूतावासको निमन्त्रणा स्वीकारेर आइदिएकोमा सांसद कोइरालालाई धन्यवाद र दूतावाससम्म ल्याउन पहल गर्ने नेपाली संघसंस्थाका अगुवाहरुलाई पनि धन्यवाद ज्ञापन गर्नुभयो ।
सम्बोधनका क्रममा दुवाडीले दूतावासले बेलायत सरकारले जारी गर्ने ई-भिसाबारे सचेतना, नेपाली संघसंस्थाको अद्यावधिक लिनेलगायत नियमित काम गरिरहेको जानकारी गराउनुभयो । उहाँले बेलायतमा रहेका नेपाली समुदायले मातृभूमिमा गरिरहेको योगदानको प्रशंसा गर्नुहुँदै अझै थप र प्रभावकारी काम गर्नका लागि दूतावासको भूमिका आवश्यक परेमा सहजीकरण गर्न तयार रहेको बताउनुभयो ।
समारोहमा एनआरएनए अभियन्ता, बेलायतस्थित नेपाली समुदायका अगुवाहरु, समाजसेवी, बुद्धिजीवी, पत्रकार, दूतावासका कर्मचारी लगायतको उपस्थिति थियो ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने