लन्डन । लोकप्रिय ब्यान्ड कन्दराले शनिबार लन्डनको प्रतिष्ठित ओटुमा कन्सर्ट गर्दै छ । अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा संसारका विभिन्न देशहरुमा प्रस्तुति दिने तयारी थालेको कन्दराले पहिलो यात्रा बेलायतको ओटुबाट सुरु गर्न लागेको हो ।

उक्त कन्सर्टका लागि गायक विवेक श्रेष्ठसहित कन्दरा ब्यान्डका ७ सदस्यहरु बिहीबार नै लन्डन उत्रिसक्नुभएको छ ।
‘इन्डिगो एट ओटु’मा हुन लागेको ‘कन्दरा लाइभ इन यूके’का लागि आफूहरु उत्साहित भएको गायक श्रेष्ठले बताउनुभएको छ ।
मामाघर इन्टरटेनमेन्टका निर्देशक विमल तिमिल्सेनाले सबै कलाकार आइसकेकाले आफूहरु थप उत्साहित भएको बताउनुभयो ।४ जनवरी साँझ ‘कन्दरा लाइभ इन यूके’मा स्वप्न सुमन र ब्यान्डको ओपनिङ प्रस्तुति रहनेछ । साँझ ठीक ७ बजे सुरु हुने कन्सर्टमा स्वप्न एन्ड ब्यान्डले पहिलो एक घण्टा प्रस्तुति गर्नेछ भने त्यसपछिका लगातार दुई घण्टा कन्दरा ब्यान्डको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
गायक विवेकका अनुसार बेलायतपछि ब्यान्डले दुबई, कतार र हङकङमा कन्सर्ट गर्नेछ । अंग्रेजी नयाँ वर्षकै छेकोमा यो ब्यान्डले ‘द सङ अफ होप’ बोलको गीत सार्वजनिक गरेको छ । यसअघि ब्यान्डले ‘विचरा म’ बोलको गीत सार्वजनिक गरेको थियो ।
गत कात्तिक २४ गते ठमेलस्थित एलओडी क्लबमा ब्याण्डले ‘पहिला घरदेश अनि परदेश’ थिममा सांगीतिक प्रस्तुति दिएको थियो ।
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]