काठमाडौं । क्यान्सरको उपचाररत चर्चित गायिका इन्दिरा गोले तामाङलाई ५१ लाख ३८ हजार सहयोग हस्तान्तरण गरिएको छ ।
गायिका इन्दिरा गोले बचाउ अभियानमार्फत् संकलित ५१ लाख ३८ हजार ७१० रुपैयाँ शनिबार काठमाडौंमा एक कार्यक्रबीच गायिका गोलेलाई हस्तान्तरण गरिएको हो । सहयोग जुटाउन नेपाल तामाङ कलाकार सङ्घको संयोजकत्वमा म्हेन्दोला फोले फाउन्डेसन र तामाङ डाजाङ संयोजन सदस्य रहने गरी अभियान बनाइएको थियो ।

सङ्घका अध्यक्ष विशाल काल्तानले अभियानबाट सङ्कलित रकम ३५ लाख २८ हजार ४३७ र बिरामीलाई प्रत्यक्ष १६ लाख १० हजार २७३ रुपैयाँ गरी ५१ लाख ३८ हजार ७१० रुपैयाँ हस्तान्तरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार गोलेलाई बचाउने अभियानमा व्यक्तिगत सहयोगी, साङ्गीतिक क्षेत्रका सहकर्मीहरू, सङ्घसंस्था र परोपकारी व्यक्तिहरूले साथ दिएका थिए ।
आर्थिक सहयोग पाएपछि गायिका गोलेले सबै सहयोगदाताहरूलाई आभार व्यक्त गर्नुभयो । २०४५ सालदेखि विविध भाषा र भाकामा गीत गाउँदै आउनुभएको गोलेले हजारौँ गीत गाइसकेकी छ । उहाँको स्वरमा सजिएका गीतहरू चाँगुनारायण थान, जाइफूलको बासना, घर त छाउनीमा, सफा ट्याम्पुरी, होइ ताङ्बा, गाङ ग्याब्सेलालगायत गीत सदाबहार छन् । गोलेले तामाङ सेलो, लोकदोहोरी, आधुनिक गरी करिब ५ हजार बढी गीतमा स्वर दिइसक्नुभएको छ ।
सहयोगको विवरण
१.तामाङ को–अपरेशन अफ क्यालिफोर्निय रु.११,०२,११०
२.नेपाल प्रवासी तामाङ समाज कतार रू.९०,५००
३.राजु लामा फाउन्डेशन रु. ५०,०००
४.तामाङ समाज पोर्तुगल रु. ६,५१,५००
५.नेपाल तामाङ समाज किताकान्तो क्षेत्रीय समिति जापान रू. ५९,८००
६.नर्थ अमेरिका ज्ञानेन्द्र घलानको नेतृत्वमा रु.२,०२,०००
७.लाबा ग्रुप तथा तामाङ घेदुङ दक्षिण कोरिया रु.२,७७,५१८
८.NRNA इराक कुर्दिस्तान ५०,०००
९.व्यक्तिगत तर्फबाट रू. ५,१९,३८०
१०.तामाङ घेदुङ मलेसिया रु.१,१०,०००
११.Dreams Family . ४०,०००
१२.नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगल रु. ३,३२, ५७८
१३.कमला लोप्चान नेतृत्व क्यानाडा रु.४६.०४०
१४.अभियानको खाताबाट दिएको जम्मा रकम रु. ३५,२८,४३७
अभियानको माध्यमबाट प्रत्यक्ष रूपमा प्राप्त रकम
१.तामाङ समाज जापान रु.१,२३,०००
२.तामाङ घेदुङ छेजुदो शाखा दक्षिण कोरिया रु. ३०,०००
३.नेपाल तामाङ घेदुङ कुबेत रू. २,२६,३२१
४.पुर्बि अफ्रीका रिपब्लिक अफ सिसेल्स बिजय तामाङको नेतृत्वमा रु. २,६४,५१६
५.इन्द्रसिङ तामाङ र सोबेन्द्र तामाङको नेतृत्वमा Washington DC बाट रू. ७,३४,८०८
६.तामाङ समाज NSW तथा सुन्दोर्जे तामाङ को नेतृत्व मा रु. २,३१,५२६
जम्मा रु. १६, १०,२७३
अभियान खर्च रु. १४,७७१
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन