
लन्डन । बेलायत निवासी गायिका शर्मिला बर्देवाको नयाँ गीत ‘सजाय काफी हुँदैन’सार्वजनिक भएको छ ।
क्रिसमसका दिन बुधबार नयाँ गीत ‘सजाय काफी हुँदैन’ सार्वजनिक गरिएको हो । उक्त गीत देवेन्द्र आचार्यले रचना गर्नुभएको हो भने कम्पोज-एरेन्ज राजेन्द्र बजगाईंको छ । मिक्सिङ/मास्टरिङ इन्जिनियर मनोज परियार हुनुहुन्छ । उक्त गीतको म्यूजिक भिडियो क्याच स्टुडियोले ल्याएको हो ।
नेपाली पार्श्व तथा आधुनिक गायनमा विशिष्ट स्थान बनाउनुभएको बर्देवाले नेपाली चर्चित फिल्महरुमा पार्श्व गायन गर्नुभएको छ । बर्देवाका ‘फूलको जवाफ’, ‘मेरो हजुरलाई’, ‘तस्वीरमै यस्तो’, ‘आँखैमा झलझली’, ‘हिउँचुलीमा हिउँ’, ‘आगो लाग्यो दिलैमा दमकल बोलाइदेउ’ लगायत दर्जनौँ गीत चर्चित छन् ।
उहाँको यसअघि ‘मन सिउने धागो’ बोलको गीत बजारमा आएको थियो । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा नर्सका रुपमा कार्यरत गायिका बर्देवाले आफ्नो गायन पेशालाई अझ बढी समय दिन नेपाल बसेको बताउनुभयो। उहाँ करिब ५ महिना देखि नेपालमा रहनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न