
लन्डन । बेलायत निवासी गायिका शर्मिला बर्देवाको नयाँ गीत ‘सजाय काफी हुँदैन’सार्वजनिक भएको छ ।
क्रिसमसका दिन बुधबार नयाँ गीत ‘सजाय काफी हुँदैन’ सार्वजनिक गरिएको हो । उक्त गीत देवेन्द्र आचार्यले रचना गर्नुभएको हो भने कम्पोज-एरेन्ज राजेन्द्र बजगाईंको छ । मिक्सिङ/मास्टरिङ इन्जिनियर मनोज परियार हुनुहुन्छ । उक्त गीतको म्यूजिक भिडियो क्याच स्टुडियोले ल्याएको हो ।
नेपाली पार्श्व तथा आधुनिक गायनमा विशिष्ट स्थान बनाउनुभएको बर्देवाले नेपाली चर्चित फिल्महरुमा पार्श्व गायन गर्नुभएको छ । बर्देवाका ‘फूलको जवाफ’, ‘मेरो हजुरलाई’, ‘तस्वीरमै यस्तो’, ‘आँखैमा झलझली’, ‘हिउँचुलीमा हिउँ’, ‘आगो लाग्यो दिलैमा दमकल बोलाइदेउ’ लगायत दर्जनौँ गीत चर्चित छन् ।
उहाँको यसअघि ‘मन सिउने धागो’ बोलको गीत बजारमा आएको थियो । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा नर्सका रुपमा कार्यरत गायिका बर्देवाले आफ्नो गायन पेशालाई अझ बढी समय दिन नेपाल बसेको बताउनुभयो। उहाँ करिब ५ महिना देखि नेपालमा रहनुभएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित