
काठमाडौं । युवा नेपाली सर्जक प्रकाश आङ्देम्बे नर्वेको एक प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
शरणार्थी तथा आप्रवासीहरुसम्बन्धी कार्यरत संस्था “लोपे”का लागि नर्वेको समावेशिकरण तथा विविधता निर्देशनालय (आईएमडीआई)ले आङ्देम्बेलगायत अन्य चार जनालाई त्यहाँको प्रतिष्ठित पुरस्कार “मङ्गफोल्ड पुरस्कार” २०२४ प्रदान गरेको हो । आईएमडीआईका वरिष्ठ सल्लाहकार क्विन ससिना वाकु जोरामोले आङ्देम्बेलगायतलाई पुरस्कृत गरेकी थिइन् । कार्यक्रममा सियन नगरपालिकाका मेयरलगायत विभिन्न प्रतिष्ठीत ब्यक्तित्त्वहरुको उपस्थिति रहेको थियो ।
पुरस्कार पाउनेहरुमा उहाँलगायत पेरी इल्का टिकम्यान, एलेना मन्डिका र एमी अन्वेन हुनुहुन्छ । यो पुरस्कार हरेक वर्ष समावेशीकरण र विविधता प्रवर्द्धन गर्ने संस्था तथा ब्यक्तिलाई प्रदान गरिन्छ ।
पुरस्कार पाउने संस्था लोपे नर्वेको सियान सहरमा क्रियाशील रहँदै आएको छ । यो संस्थाले मानव मर्यादा, परोपकार, लोकतन्त्र र समानताका मूल्यहरुलाई प्रवर्द्धनको क्षेत्रमा काम गर्छ ।
नेपालमा रहँदा नाटक, कथा तथा कविता लेखनमा सक्रिय आङ्देम्बे हालः परिवारसहित नर्वेमा बसोबास गर्नुहुन्छ । उहाँ चलचित्र निर्देशकका रुपमा पनि परिचित हुनुहुन्छ । त्यहाँ उहाँ फिल्म, भाषा, साहित्य तथा फोटोग्राफी क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । निकट भविष्यमै उहाँको एक वृत्तचित्र प्रदर्शनमा आउन लागेको छ भने नर्वेजियन भाषामा लेखिएको कविता सङ्ग्रह पनि प्रकाशोन्मुख छ ।
पुरस्कार पाएपछि उहाँले आफू उत्साहित भएको बताउनुभयो ।
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक धरमराज भण्डारी
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता