
लन्डन । एक करोड रुपैयाँ पुरस्कार राशिका दुई नेपाली अन्तर्राष्ट्रिय रियालिटी शोहरु ‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को सिजन-२ को आउँदो माघ १२ गतेबाट विश्वभर अडिसन सुरु हुने भएको छ ।
इन्ट्रा- नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनको आयोजनामा हुन लागेको यो रियालिटी शोको अडिसन अमेरिका, क्यानडा, बेलायत, पोर्चुगल, हङकङ, जापान, दुबई, कतार, थाइल्यान्ड, अस्ट्रेलिया, भारतको मुम्बई र सिलीगुडीमा हुनेछन् । त्यस्तै नेपालमा पोखरा, नेपालगन्ज, दमक र काठमाडौंमा हुने आयोजकद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा जानकारी दिइयो ।
फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पहिलो संस्करण जस्तै दोस्रो संस्करणमा पनि विश्वका विभिन्न भूभागमा छरिएर रहेका नेपालीहरूले साथ दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले विश्वभर छरिएका नेपालीहरूलाई भावनात्मक र सांस्कृतिक रुपमा जोड्ने कदम स्वरुप यस्तो कार्यक्रमको आयोजना गर्न थालेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालभित्र र संसारको जुनसुकै कुनामा बसेको भए पनि नेपाली कला, संस्कृतिप्रति अगाध आस्था र विश्वासले ओतप्रोत भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै परिचय बनाउन सक्छु भन्ने अभिलाषा राख्ने नेपालीभाषी समुदायका लागि दुई रियालिटी शोहरु आयोजना गरिएको हो ।
पत्रकार सम्मेलनमा दुवै शोका निर्णायक, सञ्चालक र निर्देशकहरूको नाम घोषणा गरिएको थियो । ‘मेरो भ्वाइस युनिभर्स’का लागि गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकहरू शिव परियार, पुष्पन प्रधान, गायिकाहरू अन्जु पन्त र तृष्णा गुरूङ अनुबन्ध हुनुभएको छ । त्यस्तै ‘मेरो डान्स युनिभर्स’ का निर्णायकमा कलाकार मिथिला शर्मा, दिलीप रायमाझी, शिल्पा मास्के, कोरियोग्राफरहरू कविराज गहतराज, शंकर बीसी र किरण थापा रहनु हुनेछ ।
इच्छुक प्रतिस्पर्धीहरूले फाउण्डेसनको वेभसाइटबाट आवेदन दिन सक्ने छन् । विश्वभरिबाट स्थलगत अडिसनमा छनौट भएका कलाकारहरुलाई थप प्रतिस्पर्धाका लागि काठमाडौंमा हुनेछ । भ्वाइस र डान्सका लागि १२०/१२० गरी गरी २४० प्रतिस्पर्धीहरूले काठमाडौंमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा मञ्जु भण्डारी खरेल निर्वाचित