
लन्डन । बेलायतका लागि नेपाली नवनियुक्त राजदूत चन्द्र घिमिरेसँग गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राईले छलफल गर्नुभएको छ ।
बिहीबार १२ डिसेम्बर (२०८१ मंसिर २६ गते) ललितपुरमा राजदूत घिमिरेलाई भेटेको गेसो सभापति राईले बताउनुभयो । उहाँले भेटमा विशेष गरेर अहिले गोर्खाहरुको समस्या समाधानार्थ नेपाल र बेलायत दुई सरकारबीच भइरहेको वार्ताबारे कुराकानी भएको जानकारी दिनुभयो । भेटवार्ता पछि राईले भन्नुभयो – ‘विशेष गरेर अहिले गोर्खाहरुको समस्या समाधानार्थ नेपाल र बेलायत दुई सरकारबीच भइरहेको वार्ताबारे महामहिमज्यूलाई संक्षिप्त रुपमा जानकारी गराउनको साथै टेकनिकल विषयहरुमा समेत स्पष्ट बनाउने अवसर पाइयो । यसमा महामहिमज्यूलाई धन्यवाद दिन चाहन्छौं ।’
यसपछि राजदूत घिमिरेले आफ्नो तर्फबाट कुरा राख्ने क्रममा आफै पनि गोर्खा सैनिककै सन्तान भएकोले समस्या समधान गर्न पहिलो काम हुने प्रतिबद्धता जनाउनुभएको थियो । त्यसमा गोर्खाहरुको साथ चाहिने राजदूत घिमिरेको भनाइ रहेको उहाँले बताउनुभयो । राजदूत घिमिरेको भनाइ उद्धृत् गर्दै सभापति राईले भन्नुभयो, ‘तपाईंहरु सबै संस्था र भूतपूर्व सैनिकहरूको एकता चाहिन्छ । यो हुन सकेन भने विषय अघि बढाउन समस्या हुनेछ भन्ने कुरा राख्नु भयो ।’
‘हामी वार्तामा अघि बढ्ने धरातल भनेको ३५ बॅुदे नै हो । यो ३५ बॅुदे सरकारको क्याबिनेटमा समेत छलफल भएर तयार भएको जवाफ हो । तसर्थ अब अघि बढ्ने भनेको ३५ बॅुदेको जगमा बसेर हो । तपाईंहरु द्विविधामा नपर्नु होला भन्नेसमेत भेटमा हामीलाई आश्वस्त बनाउनुभएको कुरा सबैमा खुशीका साथ भन्न चाहन्छु,’ सभापति राईले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
राजदूत घिमिरेलाई यही मंसिर २ गते राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नुभएको हो । त्यसअघि मन्त्रिपरिषद्को सिफारिस भएपछि संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेको थियो । राजदूत घिमिरे राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथग्रहणपछि बेलायत आउने तयारीमा हुनुहुन्छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा