
लन्डन । बेलायतका लागि नेपाली नवनियुक्त राजदूत चन्द्र घिमिरेसँग गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राईले छलफल गर्नुभएको छ ।
बिहीबार १२ डिसेम्बर (२०८१ मंसिर २६ गते) ललितपुरमा राजदूत घिमिरेलाई भेटेको गेसो सभापति राईले बताउनुभयो । उहाँले भेटमा विशेष गरेर अहिले गोर्खाहरुको समस्या समाधानार्थ नेपाल र बेलायत दुई सरकारबीच भइरहेको वार्ताबारे कुराकानी भएको जानकारी दिनुभयो । भेटवार्ता पछि राईले भन्नुभयो – ‘विशेष गरेर अहिले गोर्खाहरुको समस्या समाधानार्थ नेपाल र बेलायत दुई सरकारबीच भइरहेको वार्ताबारे महामहिमज्यूलाई संक्षिप्त रुपमा जानकारी गराउनको साथै टेकनिकल विषयहरुमा समेत स्पष्ट बनाउने अवसर पाइयो । यसमा महामहिमज्यूलाई धन्यवाद दिन चाहन्छौं ।’
यसपछि राजदूत घिमिरेले आफ्नो तर्फबाट कुरा राख्ने क्रममा आफै पनि गोर्खा सैनिककै सन्तान भएकोले समस्या समधान गर्न पहिलो काम हुने प्रतिबद्धता जनाउनुभएको थियो । त्यसमा गोर्खाहरुको साथ चाहिने राजदूत घिमिरेको भनाइ रहेको उहाँले बताउनुभयो । राजदूत घिमिरेको भनाइ उद्धृत् गर्दै सभापति राईले भन्नुभयो, ‘तपाईंहरु सबै संस्था र भूतपूर्व सैनिकहरूको एकता चाहिन्छ । यो हुन सकेन भने विषय अघि बढाउन समस्या हुनेछ भन्ने कुरा राख्नु भयो ।’
‘हामी वार्तामा अघि बढ्ने धरातल भनेको ३५ बॅुदे नै हो । यो ३५ बॅुदे सरकारको क्याबिनेटमा समेत छलफल भएर तयार भएको जवाफ हो । तसर्थ अब अघि बढ्ने भनेको ३५ बॅुदेको जगमा बसेर हो । तपाईंहरु द्विविधामा नपर्नु होला भन्नेसमेत भेटमा हामीलाई आश्वस्त बनाउनुभएको कुरा सबैमा खुशीका साथ भन्न चाहन्छु,’ सभापति राईले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
राजदूत घिमिरेलाई यही मंसिर २ गते राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नुभएको हो । त्यसअघि मन्त्रिपरिषद्को सिफारिस भएपछि संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेको थियो । राजदूत घिमिरे राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथग्रहणपछि बेलायत आउने तयारीमा हुनुहुन्छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन