
लन्डन । नेपालका भूपेन्द्र गुरूङले छैटौँ एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा दुई पदक जित्नु भएको छ । नर्थ अमेरिका फेडरेसन अफ मार्सल आर्ट्सको आयोजनामा यही डिसेम्बर ८ तारिखमा न्यू टाउन, पेन्सिल्भिनियामा भएको प्रतियोगितामा भूपेन्द्रले ट्रेडिसनल फमको छाङ छ्वानमा स्वर्ण र ओपन फमको ताइचीमा रजत जित्नुभएको हो ।
उहाँको व्यवस्थापकमा मनित गुरूङ रहनुभएको छ । प्रतियोगितामा अमेरिकाको २२ मार्सल आर्ट्स क्लबका करिब तीन सय ४७ खेलाडी सहभागी थिए ।
भूपेन्द्रले यसअघि अमेरिकाको क्यालिफोर्नियामा १ महिनाअघि (नोभेम्बर ९) भएको १५ औँ गोल्डेन ड्रागन च्याम्पियनसिपको २ स्पर्धामा २ रजत जित्नु भएको थियो । त्यसअघि उहाँले विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ स्वर्ण पदक जित्नुभएको छ । उहाँले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनसिप, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौँ विश्व कुङफु च्याम्पियनसिप र सन् २०२२ मा युकेमा भएको युरोपियन च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको थियो ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने