
लन्डन । नेपालका भूपेन्द्र गुरूङले छैटौँ एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा दुई पदक जित्नु भएको छ । नर्थ अमेरिका फेडरेसन अफ मार्सल आर्ट्सको आयोजनामा यही डिसेम्बर ८ तारिखमा न्यू टाउन, पेन्सिल्भिनियामा भएको प्रतियोगितामा भूपेन्द्रले ट्रेडिसनल फमको छाङ छ्वानमा स्वर्ण र ओपन फमको ताइचीमा रजत जित्नुभएको हो ।
उहाँको व्यवस्थापकमा मनित गुरूङ रहनुभएको छ । प्रतियोगितामा अमेरिकाको २२ मार्सल आर्ट्स क्लबका करिब तीन सय ४७ खेलाडी सहभागी थिए ।
भूपेन्द्रले यसअघि अमेरिकाको क्यालिफोर्नियामा १ महिनाअघि (नोभेम्बर ९) भएको १५ औँ गोल्डेन ड्रागन च्याम्पियनसिपको २ स्पर्धामा २ रजत जित्नु भएको थियो । त्यसअघि उहाँले विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ स्वर्ण पदक जित्नुभएको छ । उहाँले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनसिप, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौँ विश्व कुङफु च्याम्पियनसिप र सन् २०२२ मा युकेमा भएको युरोपियन च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको थियो ।
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते