लन्डन । ग्रेटर रसमूर नेपाली कम्युनिटी (जीआरएनसी) ले बेलायतमा नेपाली समुदायका बालबालिकालाई नेपाली भाषा र नेपाली सांस्कृतिक नृत्य सिकाइरहेको छ ।

जीआरएनसीले प्रत्येक आइतबार १० देखि ११ बजेसम्म ओयमल स्कुलमा नेपाली भाषाको कक्षा र ११ देखि १२ बजेसम्म नृत्य प्रशिक्षण गराउँदै आएको हो । नेपाली भाषा कक्षा प्रशिक्षण पत्रकारसमेत रहेकी गोमा रानाले दिने गर्नुभएको छ ।
जीआरएनसीकी उपाध्यक्ष सुष्मा गुरुङले संयोजन गर्दै आएको नेपाली भाषा कक्षामा सहायक प्रशिक्षक विभा गुरुङ हुनुहुन्छ । रानाले करिब ७ महिना नेपाली भाषा सिकाउनु हुनेछ । त्यसमा जीआरएनसीका अध्यक्ष मान गुरुङले समेत सहयोग गरिरहनुभएङ्को छ ।
यस्तै नेपाली सांस्कृतिक नृत्यको संयोजक जीआरएनसीबाट दिनेश गुरुङ र सयपत्री नेपाली सांस्कृतिक समूह यूकेका संयोजक कविता घर्तीमगर गुरुङले गर्दै आउनुभएको छ । प्रशिक्षक भने नेपालका ख्यातिप्राप्त नृत्य निर्देशक शेखर घर्तीमगर रहनुभएको छ ।
दुवै तालिम सशुल्क भए पनि निम्न आय भएका र विशेषक आवश्यकता भएका बालबालिकाका लागि सहुलियत दिँदै आएको अध्यक्ष गुरुङले बताउनुभयो ।
प्रशिक्षणमा ५ वर्षभन्दा माथि उमेर समूहका बालबालिकाहरु सहभागी छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा