
सोल । दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलले अपराध अनुसन्धानबाट उन्मुक्ति पाउने उद्देश्यले मार्सल ल घोषणा गरेर संविधानको उल्लङ्घन गर्नुभएको महाभियोग प्रस्ताव ल्याइएको छ ।
विपक्षी दलहरूले बुधबार पेस गरेको प्रस्तावमा युनले ‘गम्भीर र व्यापक रूपमा संविधान र कानूनको उल्लङ्घन गर्नुभएको’ भनिएको छ । प्रस्तावमा मार्सल ल लगाउने उहाँको निर्णय ‘आफू र आफ्नो परिवारसँग सम्बन्धित अवैध कार्यहरूको आसन्न अनुसन्धानबाट उन्मुक्ति पाउने असंवैधानिक र गैरकानूनी उद्देश्यका साथ’ भएको पनि उल्लेख छ ।
युनले संसद् घेराबन्दी गर्न सैन्य र प्रहरी बल परिचालन गर्नुभएको थियो भने केही संसद् सदस्यहरूलाई पक्राउ र संसद्मा स्वतन्त्र पहुँचलाई सीमित गर्नुभएको थियो ।
संसद्ले यसलाई अस्वीकार गरेपछि र हजारौँ मानिसले प्रदर्शन गरेपछि बुधवार बिहान युनलाई आदेश खारेज गर्न बाध्य पारिएको थियो ।
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री वालेन्द्र शाह
मगर संघ यूकेको ‘नेपाली ओपन कन्सर्ट’ जुलाई २५ मा, मन्त्र ब्यान्डको प्रस्तुति रहने