लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी मार्च महिनाभित्र सम्पूर्ण क्षेत्रीय परिषद्को सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ ।
एनआरएनए अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा शुक्रबार बसेको १०२औँ आईसीसी बैठकले एसिया-प्रशान्त क्षेत्रीय सम्मेलन कम्बोडियामा र युरोप क्षेत्रीय सम्मेलन माल्टा गर्ने निर्णय गरेको एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता फणीन्द्र पन्तले जानकारी दिनुभएको छ । उहाँले अन्य क्षेत्रीय सम्मेलनको मिति र स्थान छिट्टै निर्धारण गरिने बताउनुभयो ।

यस्तै, संघले नेपालमा गर्दै आएका परोपकारी कार्यलाई थप प्रभावकारी बनाउन ‘मेची कप फुटबल’ प्रायोजन गर्ने र बर्दियाको बर्थिङ सेन्टरमा सुविधासम्पन्न कोठा निर्माण गर्न आवश्यक सहयोग गर्ने पनि निर्णय गरेको छ ।
नेपाल सरकारको स्वास्थ्य सम्मेलनमा सक्रिय सहभागिता जनाउने, विश्व महिला सम्मेलन सहआयोजना गर्ने, थाइल्यान्डमा युथ पीएनओ सम्मेलन गर्ने निर्णय भएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संघका सबै संगठनात्मक गतिविधिलाई निर्वाचित महासचिवमार्फत जानकारी गराउने र संघका प्रवक्तामार्फत सकारात्मक सूचनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको संघले जनाएको छ।बैठकले संघको प्रजातान्त्रिक प्रणाली, विधि, र विधानमा आधारित प्रक्रियालाई आत्मसात् गर्दै एकताको भावनामा सबै सदस्यलाई समर्थन र सहकार्यका लागि आह्वानसमेत गरेको छ ।
सर्वोच्च अदालतले सन् २०२४ अगस्टमा गरेको फैसलाले एनआरएनएको ११ औँ महाधिवेशनलाई स्वायत्त, सार्वभौम र २/२ वर्षमा नियमित रूपमा सञ्चालन हुने वैधानिक अधिवेशनका रूपमा मान्यता दिएको थियो ।
सर्वोच्चको सो फैसला प्रति वर्तमान कार्यसमितिले पूर्ण सम्मान जनाउँदै संघको एकता र प्रगतिका लागि प्रतिबद्धतासमेत जाहेर गरेको छ ।

यसैगरी, बैठकले हालै सम्पन्न एनआरएन डे २०२४, ग्लोबल कन्क्लेव तथा वार्षिक साधारण सभा २०२४ भव्य रूपमा सम्पन्न भएकोमा नेपाल सरकारलगायत सबै सरोकारवालालाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह