काठमाडौं । तामाङ समाज युकेसहित ७ संस्थाले प्रवासमा संकलन गरेको सहयोग रकम ललितपुरका बाढीपीडितहरुलाई हस्तान्तरण गरिएको छ ।
नेपाल तामाङ घेदुङ इजरायल, नेपाल तामाङ घेदुङ रोमानिया, नेपाल तामाङ समाज जापान,तामाङ समाज पोर्चुगल, तामाङ समाज युके, तामाङ समाज बेल्जियम, नेपाल तामाङ घेदुङ मलेसियाबाट रकम संकलन गरिएको रकम शनिबार ललितपुर जिल्लाका ३ स्थानीय तहका पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

सहयोग रकमका लागि नेपाल तामाङ घेदुङको सहकार्य र अन्तर्राष्ट्रिय तामाङ परिषद्ले समन्वय गरेका थिए । नेपाल तामाङ घेदुङ संघीय कार्यसमिति, सल्लाहकारहरु, नेपाल तामाङ घेदुङका प्रवासस्थित शाखाहरु र घेदुङमा आबद्ध प्रवासस्थित तामाङ संघसंस्थाहरुबाट संकलित राहत रकम ललितपुरको बागमती गाउँपालिकाका २ जना मृतकका परिवार, कोन्ज्योसोम गाउँपालिकाका ३ जना मृतकका परिवार र महाकांल गाउँपालिकाका १३ जना मृतकका परिवारलाई भेटी हस्तान्तरण गरिएको नेपाल तामाङ घेदुङले जनाएको छ।

बागमती गाउँपालिकामा वडा नम्बर १ का अध्यक्ष ज्ञानबहादुर लाको रोहबरमा वडा कार्यालय मानेडाँडामा मृतक परिवारलाई जनही २४ हजारका दरले नेपाल तामाङ घेदुङका कार्यबाहक अध्यक्ष सन्चु ब्लोन तामाङले हस्तान्तरण गर्नुभयो ।
यस्तै कोन्ज्योसोम गाउँपालिकामा वडा नम्बर ३ गोठभन्ज्याङमा गाउँपालिकाका अध्यक्ष कृष्णमान लामा र उपाध्यक्ष राजन घिमिरेकासाथै वडा नम्बर ५ मा भारदेउमा वडाअध्यक्ष विजय स्याङतानको रोहबरमा एकैपरिवारका २ सहित ३ मृतकका आफन्तलाई घरमै पुगेर रकम दिइएको थियो।
ललितपुरकै महांकाल गाउँपालिकामा बाढिपहिरोका कारण मृत्यु भएका १३ जनाको परिवारलाई पालिका उपाध्यक्ष डोल्मा गोले तामाङ र वडा नम्बर २ का अध्यक्ष जोनी ङेसुरको रोहबरमा राहत रकम हस्तान्तरण गरिएको घेदुङले जनाएको छ।
यसअघि काभ्रेको तिमाल र नमोबुद्ध नगरपालिकाका बाढीपहिरो पीडितलाई राहत रकम वितरण गरिसकको घेदुङले अब सबैभन्दा बढी प्रभावित काभ्रेकै रोशी र बेथानचोक गाउँपालिकामा राहत वितरण गर्ने जनाएको छ । गत असोज ११ र १२ गते आएको अविरल वर्षासँगैको बाढी पहिरोका कारण ललितपुर, काभ्रे, काठमाडौं, धादिङलगायत जिल्लामा धनजनमा व्यापक क्षति पुर्याएको थियो ।

त्यसक्रममा २ सय ५० हाराहारीमा नागरिकले ज्यान गुमाएका थिए ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि