लन्डन । बेलायतमा ९ नोभेम्बर २०२४ मा ‘रेमेम्बरेन्स डे’ मनाइएको छ । हरेक वर्षजस्तै अल्डरसटको प्रिन्सेस् गार्डेनमा ग्रेटर रसमूर नेपाली कम्युनिटी (जीआरएनसी) को आयोजनामा शनिबार ‘रेमेम्बरेन्स डे’ मनाइएको हो ।

कार्यक्रममा बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके र शिव कल्चर एन्ड कम्युनिटी सेन्टरबाट आउनुभएका धर्मगुरुद्वय मन्त्र वाचन गर्नुभएको थियो । कार्यक्रमका अवसरमा पूर्वगोर्खाहरुको सक्रियतामा निर्मित पहिलो भिक्टोरिया क्रस (भीसी) कुलवीर थापाको स्मारकमा पालैपालो रिथ अर्पण गरिएको थियो ।
रिथ चढाउनेहरुमा रसमूरका मेयर मारा मकुनुरा, सांसद एलेक्स बेकर, अल्डरसटका ग्यारिजन कमान्डर, जीआरएनसीका अध्यक्ष मान गुरुङ, क्यूओजीएलआरका गोर्खा मेजर भिम श्रीस मगर र अन्य संघसंस्थाका दर्जनभन्दा बढी व्यक्ति थिए ।कार्यक्रमका सहसंयोजक क्या. राजेन्द्रमान गुरुङको पहलमा द ओल्ड बेसीङ रोएल ब्रिटिस लिजन ब्यान्ड, बिकुलर र स्टायन्डर ब्यरियरको उपस्थिति र प्रस्तुति रौनक देखिएको थियो ।

संयोजक मेजर खेम गौचनको पहलमा क्यूओजीएलआरका ४५ जना जवानहरुको सहभागी र मार्चपास उत्तम देखिएको थियो । उक्त समूहमा कमान्डर, गोर्खा मेजर र आरएसएम लगायतको सहभागी रहेको थियो । कार्यक्रममा जीआरएनसी, गोर्खा मेमोरियल प्रोजेक्ट टिम, एनआरएनए यूके, शिव कल्चर एन्ड कम्युनिटी सेन्टरलगायत संस्थाहरुको पनि सहभागिता थियो । कार्यक्रममा सांसद, नेता, मेयर, काउन्सिलर, भूपू ब्रिटिस गोर्खाहरु, वहालवाला सेनाहरु, सर्वसाधारण करिब २ सय जना सहभागी थिए । ‘रेमेम्बरेन्स डे’ पहिलो र दोस्रो विश्वयुद्धमा शहादत प्राप्त सम्पूर्ण अग्रजहरुको सम्झनामा मनाइने गरिन्छ ।
संयोजक तथा उपाध्यक्ष उत्तरबहादुर गुरुङ र मेजर खिम गौचनले कार्यक्रम संचालन गर्नुभएको थियो ।
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने