
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले विगत ६ महिनादेखि गुम्बामा सेवा गर्दै आएका लोपेन दावालाई बिदाइ गरेको छ ।
बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ, प्रमुख लामा खेन्पो सेनाङ्ग, आमा प्रमुख जगना गुरुङलगायत कार्यसमितिका पदाधिकारी, सदस्य, आमाहरु र सल्लाहकारहरुले शुक्रबार खादा लगाई बिदाइ गर्नुभएको हो । काठमाडौं बौद्धस्थित शेछेन गुम्बामा आबद्ध लोपेन गत मे महिनादेखि बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा बौद्ध परम्परानुसार विभिन्न कर्मकाण्डहरु गर्ने, धार्मिक प्रवचन दिनुका साथै विभिन्न पूजापाठहरु गर्दै आउनुभएको थियो । भुटान घर भएका लोपेन दिल्ली हुँदै भुटान फर्किन लाग्नुभएको हो ।

बीसीसी युकेले गत २० अक्टोबरका दिन औपचारिक रुपमा बिदाइ गरिएको भए तापनि उहाँ शुक्रबार स्वदेश फर्कनुभएको छ । उक्त अवसरमा गुम्बाका धर्म गुरुहरु लोपेन नोर्बु, लामा हर्कजंग घले, लामा प्रदीप गुरुङ, बीसीसी युकेका पूर्वअध्यक्ष नरेश गुरुङ, महासचिव मेजर हितमान गुरुङ, सचिव रिन्जी शेर्पा, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, सल्लाहकार जंगबहादुर गुरुङ, आमा उपाध्यक्ष शारदा गुरुङलगायतका आमाहरुले समेत खादा लगाई बिदाइ गर्नुभयो ।
त्यस्तै, उहाँलाई बीसीसी युकेका लामा हर्कजंग घले, पूर्वअध्यक्ष नरेश गुरुङ, आमा उपाध्यक्ष शारदा गुरुङ, आमा सदस्य मिना गुरुङले हिथ्रो एयरपोर्टसम्म सँगसँगै गई बिदाइ गर्नुभएको थियो ।

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि