लन्डन । बेलायतमा नेपाल रन यूकेले आइतबार आयोजना गरेको १० किमि दौड प्रतियोगिताको पुरुषतर्फ इलियास अहमद र महिलातर्फ फ्रान्सेस्का बुट प्रथम भएका छन् ।
नर्थला पार्क, नर्थहोल्टमा आइतबार बिहान आयोजित ‘नर्थहोल्ट टेन के रन’ मा अहमदले निर्धारित दूरी ३९ मिनेट २९ सेकेन्ड र बुटले ३९ मिनेट ४४ सेकन्डमा पूरा गरेर पहिलो स्थान हासिल गर्नुभएको हो ।

प्रतियोगिताको अवसरमा नेपालको तर्फबाट चार पटक ओलम्पिक खेलमा सहभागी एवं साउथ एसिया म्याराथन रेकर्ड होल्डर बैकुण्ठ मानन्धर तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको उपस्थिति थियो ।
दौडमा ३ सय ८० भन्दा बढी धावक सहभागी भएको कार्यक्रम संयोजक सन्तोष राईले जनाउनुभयो ।
कार्यक्रमको सुरुमा इलिङ्ग नर्थबाट निर्वाचित लेबर सांसद जेम्स मरीले शुभकामना दिनुभएको थियो । दौडमा नेपाली बाहेक अन्य समुदायका धावकहरु पनि सहभागी थिए।

बिहान ९ बजे केटाकेटीका लागि ‘चिल्ड्रेन टु के फन रन’ पनि आयोजना गरिएको थियो ।
फार्नबराबाट आएका स्कुले छात्राहरुले धावकहरुलाई पानी पिलाउने, फोहर उठाउने जस्ता काम गरेका थिए ।
रनको प्रमुख प्रायोजन ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले गरेको थियो ।
अन्य प्रमुख सहयोगी संस्थाहरुमा रियल ड्रिम्स एडुकेसन कन्सल्टेन्सी, एइएसएन रिक्रुटमेन्ट , मेक्सवर्थ एकाउन्टेन्ट्स, मम हाउस ३६५, सह प्रायोजकहरुमा एसएनपी प्लस एकाउन्टिंग, किरात राई यायोक्खा, गोर्खा किचेन लगायत थिए । कार्यक्रममा नेपाली खानाको फुड स्टल पनि थियो ।
समुदायमा स्वास्थ्य र तन्दुरुस्ती को चेतना जगाउने, नेपालको पर्यटन तथा संस्कृति प्रवर्द्धन गर्ने, नेपाली खेलाडीहरुलाई सहयोगसाथै बैकुण्ठ मानन्धरले सुरु गरेको जुम्लामा ‘हाइ अल्टिच्युड ट्रेनिङ्ग क्याम्प’ बनाउन र गोर्खा वेलफेयर ट्रस्टलाई सहयोग गर्ने उद्देश्य रहेको संस्थापकमध्येका एक पदाधिकारी जगन कार्कीले बताउनुभयो ।
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च