लन्डन । बेलायतमा नेपाल रन यूकेले आइतबार आयोजना गरेको १० किमि दौड प्रतियोगिताको पुरुषतर्फ इलियास अहमद र महिलातर्फ फ्रान्सेस्का बुट प्रथम भएका छन् ।
नर्थला पार्क, नर्थहोल्टमा आइतबार बिहान आयोजित ‘नर्थहोल्ट टेन के रन’ मा अहमदले निर्धारित दूरी ३९ मिनेट २९ सेकेन्ड र बुटले ३९ मिनेट ४४ सेकन्डमा पूरा गरेर पहिलो स्थान हासिल गर्नुभएको हो ।

प्रतियोगिताको अवसरमा नेपालको तर्फबाट चार पटक ओलम्पिक खेलमा सहभागी एवं साउथ एसिया म्याराथन रेकर्ड होल्डर बैकुण्ठ मानन्धर तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको उपस्थिति थियो ।
दौडमा ३ सय ८० भन्दा बढी धावक सहभागी भएको कार्यक्रम संयोजक सन्तोष राईले जनाउनुभयो ।
कार्यक्रमको सुरुमा इलिङ्ग नर्थबाट निर्वाचित लेबर सांसद जेम्स मरीले शुभकामना दिनुभएको थियो । दौडमा नेपाली बाहेक अन्य समुदायका धावकहरु पनि सहभागी थिए।

बिहान ९ बजे केटाकेटीका लागि ‘चिल्ड्रेन टु के फन रन’ पनि आयोजना गरिएको थियो ।
फार्नबराबाट आएका स्कुले छात्राहरुले धावकहरुलाई पानी पिलाउने, फोहर उठाउने जस्ता काम गरेका थिए ।
रनको प्रमुख प्रायोजन ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले गरेको थियो ।
अन्य प्रमुख सहयोगी संस्थाहरुमा रियल ड्रिम्स एडुकेसन कन्सल्टेन्सी, एइएसएन रिक्रुटमेन्ट , मेक्सवर्थ एकाउन्टेन्ट्स, मम हाउस ३६५, सह प्रायोजकहरुमा एसएनपी प्लस एकाउन्टिंग, किरात राई यायोक्खा, गोर्खा किचेन लगायत थिए । कार्यक्रममा नेपाली खानाको फुड स्टल पनि थियो ।
समुदायमा स्वास्थ्य र तन्दुरुस्ती को चेतना जगाउने, नेपालको पर्यटन तथा संस्कृति प्रवर्द्धन गर्ने, नेपाली खेलाडीहरुलाई सहयोगसाथै बैकुण्ठ मानन्धरले सुरु गरेको जुम्लामा ‘हाइ अल्टिच्युड ट्रेनिङ्ग क्याम्प’ बनाउन र गोर्खा वेलफेयर ट्रस्टलाई सहयोग गर्ने उद्देश्य रहेको संस्थापकमध्येका एक पदाधिकारी जगन कार्कीले बताउनुभयो ।
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन