
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिकाका बाढी तथा पहिरो प्रभावित २३ परिवारलाई राहत प्रदान गरेको छ ।
बाढी तथा डुबानका कारण प्रभावितहरुलाई गैरआवासीय संघको तर्फबाट खाद्य सामाग्री, लत्ताकपडा, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्स, लगायतका सामाग्रीहरु वितरण गरिएको हो । स्थानीय तहसँग समन्वय पश्चात राहत वितरण गरिएको हो ।
यसअघि संघले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको थियो ।
उक्त अवसरमा अध्यक्ष डा बद्री केसीसहित उपाध्यक्ष रामशरण सिम्खडा, उपाध्यक्ष रोजिना प्रधान राई, महासचिव गौरी राज जोशी सचिव टीका गुरुङ, कोषाध्यक्ष सुदन थापा, सल्लाहकार अतुल कोइराला, क्षेत्रीय उप–संयोजक अमेरिकाज पूर्णचन्द्र बानिँया, महिला क्षेत्रीय संयोजक इन्दिरा त्रिपाठी, यूरोप महिला संयोजक प्रसुन्ना कँडेल, एनसीसी कोम्बोडियाका अध्यक्ष लालसिंह खड्का, एनसीसी अष्ट्रेलियाकी सह–कोषध्यक्ष रोजी पन्त तथा गैरआवासीय नेपाली अभियन्ता एवं प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत, अधिकृत कुनाल मिश्र लगायत हुनुहुन्थ्यो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार