
काठमाडौं । हिमाल आरोहणमा विश्व कीर्तिमान कायम गरेका पर्वतारोही निर्मल पूर्जामगर लगायतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) मा भव्य रुपमा स्वागत गरिएको छ ।
चीनको शिशपाङ्मा हिमालको सफल आरोहण गरेर फर्किनुभएका पूर्वगोर्खा सैनिक पु्र्जामगरसहित ९ जना विश्वकीर्तिमानी आरोहीलाई सोमबार नेपाल पर्वतारोहण संघ, मगर संघलगायत संघसंस्ठाले भव्य स्वागत गरेका हुन् । अक्सिजनबिना ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छोटो समयमा आरोहण गर्नुभएका पुर्जामगर, विश्वका आठ हजारभन्दा अग्ला १४ वटा शिखरहरू चुम्ने पहिलो नेपाली महिला बन्नुभएकी दावा याङ्जुम शेर्पा, विश्वकै सबैभन्दा कान्छो आरोही १८ वर्षीय निमा रिञ्जी शेर्पालगायतलाई सम्मानसहित त्रिभुवन विमानस्थलमा गरिएको हो ।
यस्तै आठ हजार मिटरभन्दा अग्ला १४ वटा शिखरहरू चुम्ने पहिलो आरोही बन्न सफल तेजन गुरुङ, सोलुखुम्बुको थामेबाट १४ वटा शिखर चुम्ने पासाङ टेन्डी शेर्पा, विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने मिङ तेम्बा शेर्पा पनि सम्मानित हुनुभएको छ । कीर्तिमानी आरोहीहरूको स्वागतमा विमानस्थलमा बाजा घन्किएको थियो ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा