
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) टोलीले ललितपुरको महांकाल र कोन्ज्योसोममा पनि राहत वितरण गरेको छ ।
हालै नेपालमा आएकव बाढी, पहिरो पीडितलाई राहत वितरणको सिलसिलामा एनआरएनएले बिहीबार महांकाल र कोन्ज्योसोमका पीडितलाई खाद्यान्न र अन्य सामग्री प्रदान गरिएको एनआरएनए उपाध्यक्ष रोजिना प्रधान राईले जानकारी दिनुभयो ।
राहत वितरणमा संघका अध्यक्ष बद्री केसी, उपाध्यक्ष रोजिना प्रधान राई, कोषाध्यक्ष सुदन थापा, सदस्य हेमन्त काफ्ले, अर्जुन गुरुङ्, क्षेत्रीय संयोजक ईन्दिरा त्रिपाठी, एनआरएनए अभियन्ताहरु समिरा केसी, स्वयम्भुराज डंगोल्, शंकर श्रेष्ठ र सचिवालायका निरज श्रेष्ठ लगायत उपस्थित हुनुहुन्थ्यो ।
यसअघि काभ्रेको पनौतीका बाढी, डुबान तथा पहिरोबाट प्रभावित ४ सय १ परिवारका लागि राहत दिइएको थियो । ती परिवारलाई एनआरएनए आईसीसी टोलीले खाद्य सामाग्री, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्स, लगायतका सामग्री वितरण गरेको हो ।
एनआरएनए टोलीले आइतबार काठमाडौंको दक्षिणकाली र मकवानपुरको सिस्नेरी गरी १ सय २० परिवारलाई करिब एक महिना पुग्ने खाद्यान्न लगायत राहत वितरण गरेको थियो ।
यस्तै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत संघले ५१ लाख राहत सहयोग दिइसकेको छ ।
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक धरमराज भण्डारी
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता