
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आइतबार काठमाडौं र मकवानपुरका बाढीपहिरो, डुबानपीडितलाई राहत सामग्री वितरण गरेको छ ।
अध्यक्ष बद्री केसी नेतृत्वको टोलीले काठमाडौं दक्षिणकाली नगरपालिका क्षेत्रका ५० घरपरिवार र मकवानपुरको इन्द्रसरोबर गाउँपालिका सिस्नेरीका करिब ७० घर परिवारलाई राहत बाँडेको एनआरएनएकी उपाध्यक्ष रोजिना प्रधान राईले जानकारी दिनुभयो । उहाँका अनुसार पीडित परिवारलाई करिब महिना दिन पुग्ने खाद्यसामग्री, लत्ताकपडा र टेन्ट वितरण गरिएको हो ।
सिस्नेरीको राहत वितरणका क्रममा एनआरएनए टोली, नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी डीना उपाध्याय, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तोला, संविधानसभा सदस्य सुवासचन्द्र ठकुरी तथा इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी लगायतको उपस्थित रहेको थियो ।

एनआरएनए अध्यक्ष केसीको अध्यक्षतामा शनिबार काठमाडौं उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले ६ अक्टोबर अर्थात् आइतबारबाट राहत वितरण गर्ने निर्णय गरेको थियो । एनआरएनएले बाढी प्रभावितलाई १ करोड सहयोग गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।
असोज ११ र १२ को अविरल वर्षापछिको बाढी, पहिरो र डुबानका कारण नेपालमा हालसम्म २ सय ४४ जनाको मृत्यु भएको छ । अझै १९ नागरिक बेपत्ता र डेढ सय हाराहारीमा घाइते छन् । विपत्तीका कारण सयौं परिवार विस्थापित छन् भने अर्बौंको धनमालमा क्षति पुगेको छ ।
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान