
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आइतबार काठमाडौं र मकवानपुरका बाढीपहिरो, डुबानपीडितलाई राहत सामग्री वितरण गरेको छ ।
अध्यक्ष बद्री केसी नेतृत्वको टोलीले काठमाडौं दक्षिणकाली नगरपालिका क्षेत्रका ५० घरपरिवार र मकवानपुरको इन्द्रसरोबर गाउँपालिका सिस्नेरीका करिब ७० घर परिवारलाई राहत बाँडेको एनआरएनएकी उपाध्यक्ष रोजिना प्रधान राईले जानकारी दिनुभयो । उहाँका अनुसार पीडित परिवारलाई करिब महिना दिन पुग्ने खाद्यसामग्री, लत्ताकपडा र टेन्ट वितरण गरिएको हो ।
सिस्नेरीको राहत वितरणका क्रममा एनआरएनए टोली, नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी डीना उपाध्याय, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तोला, संविधानसभा सदस्य सुवासचन्द्र ठकुरी तथा इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी लगायतको उपस्थित रहेको थियो ।

एनआरएनए अध्यक्ष केसीको अध्यक्षतामा शनिबार काठमाडौं उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले ६ अक्टोबर अर्थात् आइतबारबाट राहत वितरण गर्ने निर्णय गरेको थियो । एनआरएनएले बाढी प्रभावितलाई १ करोड सहयोग गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।
असोज ११ र १२ को अविरल वर्षापछिको बाढी, पहिरो र डुबानका कारण नेपालमा हालसम्म २ सय ४४ जनाको मृत्यु भएको छ । अझै १९ नागरिक बेपत्ता र डेढ सय हाराहारीमा घाइते छन् । विपत्तीका कारण सयौं परिवार विस्थापित छन् भने अर्बौंको धनमालमा क्षति पुगेको छ ।
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह