
प्रतिमा राई
नयाँ दिल्ली । नेपाल र भारतका पत्रकार महिलाले आफ्ना साझा समस्या समाधानका लागि सञ्जाल बनाउनुपर्नेमा जोड दिएका छन् ।
इनिसियटिभ्स अफ मिडिया वुमन (आईएम डब्लु) ले आज भारतस्थीत नेपाली राजदूतावासको बीपी कोइराला फाउन्डेशनको सहयोगमा प्रेस क्लब अफ इन्डियामा आयोजीत कार्यक्रममा नेपाली पत्रकार महिला र भारतीय पत्रकार महिलाले भोग्नु परेका चुनौतीबारे छलफल गरेका थिए ।
भारतका लागि नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले हरेक क्षेत्रमा महिला पत्रकारको प्रत्यक्ष सहभागीता बढाउन जरुरी रहेको बताउँदै यसको लागि पत्रकारीताले अहम भुमिका खेल्न सक्ने बताउनुभयो । उहाँकाअनुसार दूतावासले हरेक कार्यक्रममा महिलाको सहभागिता र सहकार्यमा उत्साहीत भएर काम गर्दै आएको जानकारी दिनुभयो । डा.थापाले आफू नेपाल र भारतका सांस्कृतिक गतिविधिका कार्यक्रमलाई नयाँ ढंगले अघि बढाउन चाहेको भन्दै केहीदिन अघि दूतावास परिसरमा रामलिलाको मन्चन गराएर सकारात्मक सन्देश दिन खोजेको बताउनुभयो ।
राम सीताको मिलनले दुई देश बीचको सम्बन्ध थप बिस्तार भएको भन्दै उहाँले परिसरभित्रै यस्ता गतिविधि बेलाबेला गर्दै आएको बताउनुभयो ।
त्यस्तै, इन्डियन वुमेन प्रेस कर्पस्का अध्यक्ष पारुल शर्माले भारतमा महिला पत्रकारको वृद्धि संख्या विस्तारै बढ्दै गए पनि स्वतन्त्र रुपमा काम गर्ने वातावरणमा विभिन्न चुनौति खेप्नु परेको बताउनुभयो । नेपाल र भारत बिचका पत्रकारले सहकार्य गरि एउटा सञ्जाल बनाउन सकिने विचार व्यक्त गनुभयो ।
प्रेस क्लब अफ इन्डियाका अध्यक्ष गौतम लहरीले दुइ देश बिचको नागरिक सम्बन्धलाई बलियो बनाउन यस्तो खाले छफलफल आवश्यक हुने बताउनुभयो । क्लबले पत्रकार महिलाको वृद्धि र विकासका टेवा पुर्याउन सधै तत्पर रहेको समेत सुनाउनुभयो ।
इनिसियटिभ अफ मिडिया वुमन (आईएम डब्लु) का महासचिव कविता अधिकारीले लोकतान्त्रिक विकास दुवै देशमा भएपनि महिला र भारतका पत्रकारको अवस्था उस्तै रहेको बताउनुभयो ।
अनुसन्धानकर्ता वेद प्रसाद शर्माले नेपाल र भारतका पत्रकार महिलाको साझा विचार विमर्श गर्न सञ्जाल निर्माण गर्न जरुरी रहेको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा पत्रकार अदिति भाल, गीता श्री, पल शर्मा, ऋचा जैन, समृद्धि भट्नाकर, नीलम जिना, शोभा जैन, अन्जु ग्रोबर, आनन्द के सहाय, सञ्जय झा, नेपाली पत्रकार आकांक्षा शाह लगायत ३० जना पत्रकार महिलाले कार्यक्षेत्रमा देखिएका समस्या र अनुभब आदान प्रदान गर्नुभएको थियो ।
पारिवारिक सहयोग, क्षमता अभिबृद्धि, समान सेवा सुविधा तथा कार्यक्षेत्रमा महिलामैत्री वातावण स्थापित गर्न सकेको खण्डमा यस्ता समस्या केही हदसम्म कम हुँदै जानेमा सबै सहभागिहरुको जोड थियो ।
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान