
प्रतिमा राई
नयाँ दिल्ली । नेपाल र भारतका पत्रकार महिलाले आफ्ना साझा समस्या समाधानका लागि सञ्जाल बनाउनुपर्नेमा जोड दिएका छन् ।
इनिसियटिभ्स अफ मिडिया वुमन (आईएम डब्लु) ले आज भारतस्थीत नेपाली राजदूतावासको बीपी कोइराला फाउन्डेशनको सहयोगमा प्रेस क्लब अफ इन्डियामा आयोजीत कार्यक्रममा नेपाली पत्रकार महिला र भारतीय पत्रकार महिलाले भोग्नु परेका चुनौतीबारे छलफल गरेका थिए ।
भारतका लागि नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले हरेक क्षेत्रमा महिला पत्रकारको प्रत्यक्ष सहभागीता बढाउन जरुरी रहेको बताउँदै यसको लागि पत्रकारीताले अहम भुमिका खेल्न सक्ने बताउनुभयो । उहाँकाअनुसार दूतावासले हरेक कार्यक्रममा महिलाको सहभागिता र सहकार्यमा उत्साहीत भएर काम गर्दै आएको जानकारी दिनुभयो । डा.थापाले आफू नेपाल र भारतका सांस्कृतिक गतिविधिका कार्यक्रमलाई नयाँ ढंगले अघि बढाउन चाहेको भन्दै केहीदिन अघि दूतावास परिसरमा रामलिलाको मन्चन गराएर सकारात्मक सन्देश दिन खोजेको बताउनुभयो ।
राम सीताको मिलनले दुई देश बीचको सम्बन्ध थप बिस्तार भएको भन्दै उहाँले परिसरभित्रै यस्ता गतिविधि बेलाबेला गर्दै आएको बताउनुभयो ।
त्यस्तै, इन्डियन वुमेन प्रेस कर्पस्का अध्यक्ष पारुल शर्माले भारतमा महिला पत्रकारको वृद्धि संख्या विस्तारै बढ्दै गए पनि स्वतन्त्र रुपमा काम गर्ने वातावरणमा विभिन्न चुनौति खेप्नु परेको बताउनुभयो । नेपाल र भारत बिचका पत्रकारले सहकार्य गरि एउटा सञ्जाल बनाउन सकिने विचार व्यक्त गनुभयो ।
प्रेस क्लब अफ इन्डियाका अध्यक्ष गौतम लहरीले दुइ देश बिचको नागरिक सम्बन्धलाई बलियो बनाउन यस्तो खाले छफलफल आवश्यक हुने बताउनुभयो । क्लबले पत्रकार महिलाको वृद्धि र विकासका टेवा पुर्याउन सधै तत्पर रहेको समेत सुनाउनुभयो ।
इनिसियटिभ अफ मिडिया वुमन (आईएम डब्लु) का महासचिव कविता अधिकारीले लोकतान्त्रिक विकास दुवै देशमा भएपनि महिला र भारतका पत्रकारको अवस्था उस्तै रहेको बताउनुभयो ।
अनुसन्धानकर्ता वेद प्रसाद शर्माले नेपाल र भारतका पत्रकार महिलाको साझा विचार विमर्श गर्न सञ्जाल निर्माण गर्न जरुरी रहेको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा पत्रकार अदिति भाल, गीता श्री, पल शर्मा, ऋचा जैन, समृद्धि भट्नाकर, नीलम जिना, शोभा जैन, अन्जु ग्रोबर, आनन्द के सहाय, सञ्जय झा, नेपाली पत्रकार आकांक्षा शाह लगायत ३० जना पत्रकार महिलाले कार्यक्षेत्रमा देखिएका समस्या र अनुभब आदान प्रदान गर्नुभएको थियो ।
पारिवारिक सहयोग, क्षमता अभिबृद्धि, समान सेवा सुविधा तथा कार्यक्षेत्रमा महिलामैत्री वातावण स्थापित गर्न सकेको खण्डमा यस्ता समस्या केही हदसम्म कम हुँदै जानेमा सबै सहभागिहरुको जोड थियो ।
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह