
लन्डन । बेलायतमा आगामी अक्टोबर ६ मा ५ किमिको गोर्खा भीसी दौड हुने भएको छ । यो दौड पहिलो भएको आयोजकको दाबी छ ।
ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले ब्ल्याक वाटर भ्याली रनरसँग सहकार्यमा भीसी रन ५ के आयोजना गर्न लागिएको हो । गोर्खा भीसी दौडका लागि जीआरएनसी यूकेका उपाध्यक्ष डा. विशाल गुरुङलाई संयोजकको जिम्मेवारी तोकिइसकेको छ ।
जीआरएनसी युकेका अध्यक्ष मन गुरुङले भन्नुभयो, ‘आगामी ६ अक्टोबर २०२४ आइतबार जीआरएनसीले ब्ल्याक वाटर भ्याली रनरसँग मिलेर गोर्खा भीसी रन ५ के गर्ने भएको छ । यो पहिलो पटक हो । स्वास्थ्यलाई ख्याल राखी र नेपाली समुदायमा रन गर्न प्रोत्साहन गर्न दौड कार्यक्रम राखिएका हौं ।
यसैगरी सदाझैँ १० के रसमुर वेलेस्ली र २ के रन पनि गरिने अध्यक्ष गुरुङले बताउनुभयो । दौड प्रतियोगिताबारे विस्तृत जानकारीको लागि https://rushmoor10k.co.uk/ हेर्नु र रजिस्टर गर्न आयोजकले आग्रह गरेको छ ।
प्रतियोगिताअन्तर्गत त्यस दिन १० किलोमिटर पहिले हुने र त्यसपछि ५ र २ किमि दौड आयोजना गरिने अध्यक्ष गुरुङले बताउनुभयो । प्रतियोगिता ६ अक्टोबर २०२४ मा अल्डरसटस्थित मिलिटरी एथ्लेटिक्स स्टेडियममा हुनेछ । मार्सल संयोजक उपाध्यक्षद्वय उत्तरबहादुर गुरुङ र जित मेन्याङ्बोलाई तोकिएको छ ।
विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिनेछ ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि