
लन्डन । बेलायतमा आगामी अक्टोबर ६ मा ५ किमिको गोर्खा भीसी दौड हुने भएको छ । यो दौड पहिलो भएको आयोजकको दाबी छ ।
ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले ब्ल्याक वाटर भ्याली रनरसँग सहकार्यमा भीसी रन ५ के आयोजना गर्न लागिएको हो । गोर्खा भीसी दौडका लागि जीआरएनसी यूकेका उपाध्यक्ष डा. विशाल गुरुङलाई संयोजकको जिम्मेवारी तोकिइसकेको छ ।
जीआरएनसी युकेका अध्यक्ष मन गुरुङले भन्नुभयो, ‘आगामी ६ अक्टोबर २०२४ आइतबार जीआरएनसीले ब्ल्याक वाटर भ्याली रनरसँग मिलेर गोर्खा भीसी रन ५ के गर्ने भएको छ । यो पहिलो पटक हो । स्वास्थ्यलाई ख्याल राखी र नेपाली समुदायमा रन गर्न प्रोत्साहन गर्न दौड कार्यक्रम राखिएका हौं ।
यसैगरी सदाझैँ १० के रसमुर वेलेस्ली र २ के रन पनि गरिने अध्यक्ष गुरुङले बताउनुभयो । दौड प्रतियोगिताबारे विस्तृत जानकारीको लागि https://rushmoor10k.co.uk/ हेर्नु र रजिस्टर गर्न आयोजकले आग्रह गरेको छ ।
प्रतियोगिताअन्तर्गत त्यस दिन १० किलोमिटर पहिले हुने र त्यसपछि ५ र २ किमि दौड आयोजना गरिने अध्यक्ष गुरुङले बताउनुभयो । प्रतियोगिता ६ अक्टोबर २०२४ मा अल्डरसटस्थित मिलिटरी एथ्लेटिक्स स्टेडियममा हुनेछ । मार्सल संयोजक उपाध्यक्षद्वय उत्तरबहादुर गुरुङ र जित मेन्याङ्बोलाई तोकिएको छ ।
विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिनेछ ।
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु