
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को २८ अक्टोबर २०२४ मा वार्षिक साधारणसभा हुने भएको छ ।
सेप्टेम्बर ८ मा बसेको संघको बैठकले २८ अक्टोबर सोमबार (२०८१ साल कात्तिक १२ गते) काठमाडौंमा साधारणसभा गर्ने निर्णय गरेको मंगलबार महासचिव गौरीराज जोशीले विज्ञप्तिमार्फत जानकारी दिनुभएको हो । निश्चित स्थान भने साधारणसभा हुने दिनभन्दा ७ दिन अगाडि जानकारी गराइनेछ
साधारणसभामा भौतिक अथवा अनलाईन माध्यमबाट सहभागी हुने पाइने र अनलाईन माध्यमबाट उपस्थित हुन ईच्छुक प्रतिनिधिहरुलाई डिजिटल सफ्टवेयरको लिङ्क पठाइने विज्ञप्तिमा जनाइएको छ ।
साधारणसभा नेपाल समय अनुसार दिउँसो २:०० बजे तोकिएको छ । उक्त साधारणसभामा सन् २०२३-२०२५ को अन्तर्राष्ट्रिय समन्वय परिषद्को वार्षिक क्रियाकलाप सहितको महासचिवको सांगठनिक (वार्षिक) प्रगति प्रतिवेदन, २०८१ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/०८१ को आय-व्ययको विवरण, सम्पत्ति-दायित्वको विवरण, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको कोषाध्यक्षको आर्थिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, विभिन्न विभागहरु, समितिहरुको प्रतिवेदन अनुमोदन गर्ने, राष्ट्रिय समन्वय परिषद्का प्रतिवेदनहरुलाई अनुमोदन गर्ने, गैरआवासीय नेपाली संघको विधान २००३ (२०२२ को संशोधनसमेत) को दफा १४ को उपदफा १४.८ अनुसार समितिहरुलगायत विषयमा छलफल तथा निर्णय हुनेछ ।



बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह