
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को २८ अक्टोबर २०२४ मा वार्षिक साधारणसभा हुने भएको छ ।
सेप्टेम्बर ८ मा बसेको संघको बैठकले २८ अक्टोबर सोमबार (२०८१ साल कात्तिक १२ गते) काठमाडौंमा साधारणसभा गर्ने निर्णय गरेको मंगलबार महासचिव गौरीराज जोशीले विज्ञप्तिमार्फत जानकारी दिनुभएको हो । निश्चित स्थान भने साधारणसभा हुने दिनभन्दा ७ दिन अगाडि जानकारी गराइनेछ
साधारणसभामा भौतिक अथवा अनलाईन माध्यमबाट सहभागी हुने पाइने र अनलाईन माध्यमबाट उपस्थित हुन ईच्छुक प्रतिनिधिहरुलाई डिजिटल सफ्टवेयरको लिङ्क पठाइने विज्ञप्तिमा जनाइएको छ ।
साधारणसभा नेपाल समय अनुसार दिउँसो २:०० बजे तोकिएको छ । उक्त साधारणसभामा सन् २०२३-२०२५ को अन्तर्राष्ट्रिय समन्वय परिषद्को वार्षिक क्रियाकलाप सहितको महासचिवको सांगठनिक (वार्षिक) प्रगति प्रतिवेदन, २०८१ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/०८१ को आय-व्ययको विवरण, सम्पत्ति-दायित्वको विवरण, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको कोषाध्यक्षको आर्थिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, विभिन्न विभागहरु, समितिहरुको प्रतिवेदन अनुमोदन गर्ने, राष्ट्रिय समन्वय परिषद्का प्रतिवेदनहरुलाई अनुमोदन गर्ने, गैरआवासीय नेपाली संघको विधान २००३ (२०२२ को संशोधनसमेत) को दफा १४ को उपदफा १४.८ अनुसार समितिहरुलगायत विषयमा छलफल तथा निर्णय हुनेछ ।



श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान