
सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए) पश्चिम अस्ट्रेलियाको आयोजनामा पर्थमा नेपाल फेस्टिभल सम्पन्न भएको छ ।
शनिबार सुप्रिम कोर्ट गार्डेन पर्थमा आयोजित नेपाल फेस्टिभल पर्थ विभिन्न झाँकी, र्याली र सांस्कृतिक कार्यक्रमहरूसहित भव्य रुपमा सम्पन्न भएको हो । फेस्टिभल अस्ट्रे लियाका बहुसांस्कृतिक मन्त्री टोनी बुटी र एनआरएनए अध्यक्ष डा. बद्री केसीले उद्घाटन गर्नुभएको थियो । आयोजकले नेपाल फेस्टिभल पर्थमा करिब १० हजार जना उपस्थिति रहेको दाबी गरेको छ । फेस्टिबलमा ३८ वटा स्टल थिए ।
एनआरएनए अध्यक्ष केसीले गैर आवासीय नेपाली नागरिकताको निरन्तरता र अधिकारसहितको नागरिकताको लागि लबिङ गरिरहेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रम विभिन्न देशमा भैरहेको खुसी व्यक्त गर्दै नेपाल बाहिर नेपाल चिनाउने यस्ता कार्यक्रम सार्थक हुने विश्वास व्यक्त गर्नुभयो ।

यस्ता कार्यक्रमले नेपाली पहिचानलाई अस्ट्रेलियामा चिनाउन सजिलो भएको भन्दै आयोजकले नयाँ पुस्ताले पनि नेपाल चिन्ने मौका पाएको बतायो ।
फेस्टिबलमा सहभागिताका लागि शुक्रबार नै एनआरएनए अध्यक्ष डा. बद्री केसी, महिला उपाध्यक्ष रोजिना प्रधान राई, सचिव टिका गुरुङलगायत अष्ट्रेलियामै रहेका आईसीसी उपाध्यक्ष विनोद श्रेष्ठ, सचिव डा. ज्ञानेन्द्र रेग्मी, ओसियाना क्षेत्रीय संयोजक दिनेश पोखरेल, एनआरएनए एनसीसी अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एनआरएनए विधान संशोधन समितिका संयोजक भवानी ओलीलगायत एनआरएनए अष्ट्रेलियाका राज्यका प्रतिनिधिहरुको पनि उपस्थिति थियो ।
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह