
लन्डन । बेलायतमा यही सेप्टेम्बर १४ तारिखमा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड-२०२४ (इन्फा) हुँदैछ ।
यति नेपाली एसोसिएसन यूकेको आयोजना र संगीक्षा फिल्मस् इन्टरटेनमेन्ट प्रा.लि.को व्यवस्थापनमा ग्रीनफोर्ड हलमा इन्फा यूके अवार्ड वितरण कार्यक्रम हुन लागेको हो । कार्यक्रममा विभिन्न विधामा पुरस्कार वितरण हुनेछ ।
उक्त इन्फा यूके अवार्ड कार्यक्रममा सहभागी हुन् । नेपाली चलचित्रजगत्का चर्चित नायक भुवन केसी, नायिका मिरुना मगरलगायत कलाकार बुधबार बेलायत आइपुग्नुभएको छ । यति एसोसिएसन यूकेको निमन्त्रणामा नेपाली सिनेजगतका सुप्परस्टार केसी, अहिलेका चर्चित नायिका मिरूना, नायक अनमोल केसी, कलाकार जसिता गुरूङ बुधबार हिथ्रो एयरपोर्ट ओर्लिनुभएको हो । उहाँहरुलाई आयोजकहरुले स्वागत गरेका थिए ।
नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय बजार विस्तार, कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरुलाई सम्मान, पुरस्कार तथा प्रोत्साहन हेतु आयोजना कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ । अवार्ड वितरणअघि वर्ष २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका फिल्महरुलाई आधार मानेर इन्फा अवार्डको उत्कृष्ट मनोनयन सूची समेत सार्वजनिक गरिसकेको छ ।
जुरी संयोजक सुनिल थापा, जुरी सदस्य गौरी मल्ल र उज्वल घिमिरेले एभेष्ट फिल्म एकेडेमीमा फिल्महरु हेरेपश्चात् उत्कृष्ट मनोनयन छनोट गरिएको आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उत्कृष्ट सूचीबाट छानिएकाले पुरस्कार पाउनेछन् । अवार्ड कार्यक्रम भव्य, सभ्य, मर्यादित तथा निष्पक्ष बनाउनका लागि युके कमिटीमा संस्थाका अध्यक्ष पिप्ला पाण्डे देवान, पूर्वअध्यक्ष उमेशराज मोक्तान, महासचिव टंक भट्टराई, उपमहासचिव आशीषराज पन्त, कोषाध्यक्ष पुण्य खतिवडा खटिरहनुभएको छ भने नेपाल कमिटीमा सुनिल क्षेष्ठ अध्यक्ष, मनोज केसी महासचिव, मोहन श्रेष्ठ सचिव, प्रशाक कुंवर कोषाध्यक्ष र मनिष कार्की संयोजकका रुपमा रहेको आयोजकले जनाएको छ ।
अवार्ड वितरण समारोहमा प्रवेश शूल्क साधारण ४०, भीआईपी ५० र भीभीआईपी १०० पाउन्ड निर्धारण गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी