
भियतनाम । भियतनाममा वेगवान् चक्रवात यागीका कारण कम्तीमा ५९ जनाको मृत्यु भएको छ ।
चक्रवातका कारण उत्तरी भियतनाममा भारी वर्षा हुँदा बाढीले बस्तीहरूमा क्षति पुर्याउनुका साथै पुल तथा सवारी साधनसमेत बगाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आँधी शुक्रबार भियतनाममा अवतरण गरेपछि आएको बाढी, पहिरो र डुबानका कारण ५० जनाको मृत्यु भएको भियतनामी सञ्चारमाध्यमले जनाएका छन्।
उत्तरी भियतनामका धेरै नदीहरूमा पानीको स्तर खतराको उच्च तहमा पुगेको छ । काओ बङ्ग प्रान्तमा बर्षापछि आएको पहिरोले सोमबार २० जना सवार बसलाई बगाएको छ । फु थो प्रान्तमा सोमबार जलमग्न रेड नदीको स्टिल पुल ढलेको छ। पुल भत्किएपछि केही मोटरसाइकल, कार र ट्रक नदीमा खसेका थिए जसमा १३ जना वेपत्ता भएको र नदीमा फसेका केहीलाई उद्धार गरिएको छ ।
यागी भियतनाममा १४९ किलोमिटर प्रतिघण्टाको गतिको साथ अवतरण गरेका थियो । देशको मौसम विज्ञान विभागले अझै पनि वर्षाले बाढी र पहिरो निम्त्याउन सक्ने चेतावनी जारी गरेको छ । आँधीपछि परेको बर्षाले आएको बाढी र पहिरोको कारण क्वाङ निन्ह र हाइफोङ प्रान्तमा कम्तिका ३० लाख मानिसहरू बिजुलीविहीन भएका छन् ।
बढी प्रभावित हाइफोङ क्षेत्रका लागि ४६ लाख अमेरिकी डलरको सहयोग तथा राहत प्याकेज स्वीकृत गरेको छ । यागी जस्ता भयानक आँधीहरू जलवायु परिवर्तनका कारण बलियो हुँदै गएको तथा तातो समुद्री पानीले आँधीबेहरीलाई थप उर्जा दिँदा हावाको गति बढ्ने र भारी वर्षा हुने क्रम बढेको ‘अर्थ अब्जरभेटरी अफ सिङ्गापुर’का निर्देशक बेन्जामिन होर्टनले बताउनुभयो ।
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह