
लन्डन । लर्ड्सले सन् २०२५ मा पहिलो पटक विश्व टेस्ट च्याम्पियनसिप फाइनल खेलको आयोजना गर्ने भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मङ्गलबार घोषणा गरेको छ ।
विश्व टेस्ट च्याम्पियनसिप र्याङ्किङमा सर्वोच्च स्थानमा रहेका दुई टोलीबीच जुन ११ मा ‘क्रिकेटको घर’ मा फाइनल खेल हुनेछ । सन् २०२३ मा द ओभलमा भारतलाई हराएपछि अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियन बनेको थियो । न्युजिल्यान्डले सन् २०२१ मा साउथेम्प्टनमा भारतविरुद्ध प्रतियोगिताको पहिलो संस्करण जितेको थियो ।
सन् २०२३ मा सुरु भएको दुई वर्षको चक्रमा पाँच दिवसीय रातो–बल ढाँचामा उनीहरूको प्रदर्शनका आधारमा टेस्ट खेल्ने नौ देशको र्याङ्किङ गरिन्छ ।
भारत वर्तमान टेस्ट र्याङ्किङमा दोस्रो स्थानमा रहेको अस्ट्रेलियालाई पछि पार्दै शीर्ष स्थानमा छ । न्युजिल्यान्ड तेस्रो र इङ्ग्ल्यान्ड चौथो स्थानमा छन् ।
लर्ड्स फाइनल खेल्ने दुई मुलुकको पुष्टि जनवरी २८ मा गरिनेछ ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी