
कंगो । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोको सबैभन्दा ठूलो जेलमा साताव्यापी रुपमा चलेको जेल तोड्ने प्रयासका क्रममा कम्तीमा १ सय २९ जनाको मृत्यु भएको छ । यस घटनामा मृत्यु भएका मध्ये २४ जनाको चेतावनी पछि गोली हानेर मृत्यु भएको बताउँदै आन्तरिक मन्त्री ज्याक्वेमेन शाबानीले एक भिडियो सन्देशमार्फत मङ्गलबार घटनाको जनाकारी गराएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । राजधानी किन्शासाको मकाला जेलमा कम्तीमा ५९ जना घाइते भएका छन् ।
यस घटनामा धेरै मानिसहरूलाई कुल्चिएको वा तथा भिडभाडमा प्रभावित भएको र धेरै महिलाहरू बलात्कृत भएको मन्त्रालयले जनाएको छ । प्रत्यक्षदर्शीहरूले सोमबार जेल परिसरमा लामो समयसम्म गोली चलेको तथा तनावपुर्ण अवस्था सिर्जना भएको बताएका छन् । एक इलेक्ट्रिशियन दड्डी सोसोले घटना पछि सुरक्षा बलका गाडीले शव लिएर गएको देखेको बताउनुभएको छ ।
सरकारका प्रवक्ता प्याट्रिक मुयायाले राष्ट्रिय टेलिभिजनलाई हाल स्थिति “नियन्त्रणमा“ रहेको बताउनुभएको छ भने अधिकारीहरूले कति कैदीहरू भागे वा भाग्ने प्रयास गरे भन्ने बारे केहि उल्लेख गरेका छैनन् ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि