
न्युयोर्क । सर्वाधिक पुरस्कार राशि भएका दुई नेपाली अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ अमेरिकाको ओहायोबाट औपचारिक घोषणा गरिएको छ ।
एक्रोन सहरको कोप्ले खेलमैदानमा नेपालका वरिष्ठ कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहेको साङ्गीतिक समारोहमा आयोजक संस्था इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले दोस्रो संस्करणको घोषणा गर्नुभएको हो । प्रतियोगिताको अडिसनका लागि विश्वका विभिन्न मुलुकमा स्थलगत अडिसन तय गरिएका छन् ।
नेपालभित्र र संसारका जुनसुकै ठाउँमा बसेको भए पनि नेपाली कला, संस्कृतिप्रति आस्था र विश्वास राख्ने नेपालीभाषी समुदायका लागि रियालिटी शो आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष अधिकारीले बताउनुभयो । ‘रियालिटी शो’ का लागि युरोपमा बेलायत र पोर्चुगलमा, पूर्वी एसियाका लागि थाइल्यान्ड, मध्यपूर्वका लागि दुबई, अष्ट्रेलियाका लागि सिड्नी, भारतका लागि सिक्किम र नेपालमा दमक, नेपालगञ्ज, पोखरा र काठमाडौँमा अडिसनहरू आयोजना गरिने उहाँले बताउनुभयो । “भ्वाइसका लागि यसरी छनोट भएका एक सय २० र डान्सका लागि एक सय २० गरी दुई सय ४० कलाकारलाई अन्तिम प्रतिस्पर्धीका लागि काठमाडौँ लगिनेछ । ‘रियालिटी शो’ का विजेतालाई रु एक करोड, दोस्रो हुनेलाई रु २५ लाख र तेस्रोलाई रु १० लाख पुरस्कार प्रदान गरिने छ”, उहाँले भन्नुभयो ।
‘रियालिटी शो’दोस्रो संस्करणको घोषणा कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल, नायक दिलीप रायमाझी, गायिकाहरू अञ्जु पन्त, मिलन नेवार, सुजाता वर्मा, गायकहरू यम बराल, केशव पौडेल, खेम सेन्चुरी, मन आले, प्रवीण बर्देवा, बाल गायिका अनुया तामाङ, नृत्य निर्देशक शङ्कर बिसी र पार्वती राई, नृत्य प्रशिक्षक रुपेश उप्रेती, विकास घले एवं इन्टाको डान्स स्कूल अमेरिकाका किशोर–किशोरी कलाकारहरूले आ–आफ्नो प्रस्तुति तथा विचार व्यक्त गर्नुभएको थियो । यी दुई ‘रियालिटी शो’ को पहिलो सिजन सन् २०२३ मा नेपालमा सम्पन्न भएको थियो ।
बेलायतमा लामा गुरुहरुलाई स्वागत गर्दै बीसीसी यूके
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बेलायतमा रहेका धर्म गुरुहरुको स्वागत गर्ने भएको छ ।
बौद्ध परम्परामा अत्यन्त महत्वपूर्ण मानिने बर्षवासको अवसरमा बेलायतका विभिन्न बौद्ध गुम्बाहरुमा सेवारत तथा हाल बेलायत भ्रमणमा रहेका रिन्पोछे, खेन्पो, लोपेनलगायत लामा गुरुहरुलाई शनिबार ३१ अगष्टका दिन अल्डरसटस्थित गुम्बामा स्वागत गर्न लागिएको हो । उक्त स्वागत कार्यक्रममा लामा लुङ्गरिक रिन्पोछेको अग्रतामा ग्रह शान्ति, आयू पूजा, खेन्पो बाग्रिन्द्र शिलाले बोधीसत्वको अभ्यास बिषयमा प्रवचन, खेन्पो सेनाङ्ग ग्याम्जोले संघ दान तथा बर्षवासको विषयमा प्रवचन दिइने भएको छ ।
कार्यक्रममा लामा लुङ्गरिक रिन्पोछे, खेन्पो बाग्रिन्द्र शिला, खेन्पो सेनाङ्ग ग्याम्जो, खेन्पो सन्तोष गुरुङ, खेन्पो दावा तेन्जिन, लामा रक्षे गुरुङ, लामा काजी गुरुङ, लामा देबिरास गुरुङ, लामा गमबहादुर गुरुङको उपस्थिति रहने भएको छ ।
विभिन्न पूजा, प्रवचन, संघ दानका साथ सम्पन्न हुन लागेको उक्त कार्यक्रममा सहभागी हुन बेलायतमा रहेका नेपालीहरुलाई उपस्थितिका लागि बीसीसी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक आङ्गदावा शेर्पाले अनुरोध गर्नुभएको छ ।
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु