
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्वमहामन्त्री तथा पार्टी सदस्य मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले ढकालको साधारण सदस्यता खारेजी गर्ने निर्णय गरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।
केन्द्रीय समितिको यसअघिको बैठकले केन्द्रीय अनुशासन आयोगको सिफारिससहितको प्रतिवेदनका आधारमा पूर्वमहामन्त्री तथा पार्टी सदस्य मुकुल ढकाललाई पार्टी विधानअनुसार अन्तिमपटक स्पष्टीकरणको मौका दिएको थियो । आजको बैठकमा आगामी असोज १ र २ गते राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । प्रतिनिधि रजिष्ट्रेसन व्यवस्थापन, स्रोत व्यवस्थापन, यातायात तथा आवास, सुरक्षा तथा कानुन, स्वंयसेवक व्यवस्थापन, क्याटरिङ व्यवस्थापन, अडियो भिजुअल, स्वास्थ्य क्लिनिक, बुथ व्यवस्थापनलगायत विभिन्न १४ वटा उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकमा पार्टीले तयार गरेको स्थानीय छायाँ सरकार सञ्चालन कार्यविधि, २०८१ को मस्यौदा प्रस्तुत गरेको थियो । केन्द्रीय समितिले उक्त मस्यौदामा थप सुझाव लिने निर्णयसमेत गरेको छ ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि