
टेक्सास । गैरआवासीय नेपाली सङ्घ अमेरिकाले नागरिकता आयोग २०२४ गठन गरेको छ । गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनको पक्षमा पैरवी गर्न सङ्घका अध्यक्ष डा अर्जुन बञ्जाडेको अध्यक्षतामा नागरिकता आयोग गरिएको प्रवक्ता राजन पन्तले बताउनुभयो ।
गैरआवासीय नेपाली सङ्घ अमेरिकाद्वारा गठन गरिएको नागरिकता आयोगका सदस्यमा क्रमशः डा अम्बिका अधिकारी, पूर्ण अधिकारी, डा रुद्र अर्याल, दिक्षा बस्नेत, हरिबोल भण्डारी, आनन्द विष्ट, खगेन्द्र जीसी, रतन झा, गौरीराज जोशी, डा श्याम कार्की, प्रल्हाद केसी, तिलक केसी, डा विष्णुमाया परियार, डा दामोदर पौडेल, डा केशव पौडेल, डा आमोद पोखरेल, शिव राई, सुनील साह, डा पुरु श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ, तारा सिग्देल, बुद्धी सुवेदी, मोहन थापा, सञ्जय थापा, रविना थापा, सुमन तिम्सिना तथा सदस्य सचिवमा गोपेन्द्र भट्टराई रहनुभएको सङ्घले जनाएको छ ।
नेपाल सरकारले गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरे पनि आवश्यक ऐन कानून निर्माण नगर्दा गैरआवासीय नेपालीहरुले नेपाल सरकारका सेवा लिनका लागि निकै झन्झट व्यहोर्नुपरिरहेको छ । गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन र आवश्यक ऐन कानुन निर्माणका लागि रचनात्मक दबाव र वकालत गर्न आवश्यक देखिएकाले नागरिकता आयोग गठन गरिएको प्रवक्ता पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्दै गैरआवासीय नेपालीहरुले विगत लामो समयदेखि नेपाली नागरिकताको निरन्तरता खोजिरहेका छन् । लामो समयदेखिको दबाबका कारण नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था भए पनि आवश्यक ऐन कानुन निर्माण हुन नसक्दा गैरआवासीय नेपाली नागरिकता पूर्णरुपमा कार्यान्वयनमा आउन सकिरहेको छैन ।
एनआरएनए गैरआवासीय नेपालीहरुको प्रतिनिधिमूलक संस्था भएकाले गैरआवासीय नेपाली नागरिकताका लागि पूर्ण कार्यान्वयनको पक्षमा वकालत गर्ने निर्णय गरिएको गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष डा बञ्जाडेले बताउनुभयो ।
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक धरमराज भण्डारी
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता