
काठमाडौँ । नेपालको तनहुँ जिल्ला आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार भएको यात्रु बस दुर्घटनामा मृतकको संख्या २१ पुगेको छ ।
पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा २२ जना घाइते भएका छन् । घाइतेमध्ये १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । उनीहरुको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । प्रहरीका अनुसार सो बसमा ४३ यात्रु सवार थिए ।
घाइतेलाई लिन नेपाली सेनाको हेलिकप्टर अपराह्न १४:०५ बजे तनहुँकै ढकालटारस्थित कालीभञ्ज्याङ गणमा अवतरण भएको थियो । दुर्घटनाका घाइते २२ जनालाई उद्धार गरी आबुँखैरेनी अस्पताल लगिएकामा १६ जनालाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।
घटनास्थलबाट डोरीका सहायताले १९ जनाको शव संकलन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । गाडी मुनी च्यापिएको अवस्थामा सशस्त्र प्रहरीको गोताखोर टोलीले थप दुई जनाको शव संकलन गरेको थियो ।
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
रहेनन् अभिनेता सुनिल थापा
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय