
काठमाडौं । नेपालको तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भएको बस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । स
स्थानीय समयअनुसार शुक्रबार दिउँसो साढे १ बजेसम्मको समयमा घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको सशस्त्र प्रहरी बल, नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी गराउनुभएको छ । उहाँका अनुसार १६ जना घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ ।
शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटना भएको हो । बसमा अन्दाजी ४० भारतीय पर्यटक रहेको बताइएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।
बस सडकबाट मर्स्याङ्दी नदी किनारमा झरेको छ ।
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
रहेनन् अभिनेता सुनिल थापा
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय