
टेक्सास । अमेरिकामा रहेका सुदूरपश्चिमेलीले यस वर्षको गौरा पर्वलाई उत्सवका रुपमा मनाउने भएका छन् ।
अमेरिकाको न्युयोर्क, मेरिल्यान्ड र टेक्सासमा रहेका सुदूरपश्चिमेलीले यही भदौ ९ गते (अगस्त २५) का दिन गौरा महोत्सव आयोजना गर्न लागेका हुन् । राज्यस्तरमा स्थापना भएका सुदूरपश्चिम नेपाली समाजको आयोजनामा हुन लागेको गौरा महोत्सवको आवश्यक तयारी गरिएको छ । गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्रमुख सांस्कृतिक चाड हो ।
सुदूरपश्चिम प्रदेशमा साताव्यापी रुपमा मनाउने गरिए पनि अमेरिकाको न्युयोर्क, मेरिल्यान्ड र टेक्सासमा एक दिन उत्सवका रुपमा मनाउन लागिएको मेरिल्यान्डका समाजसेवी तथा समाजका पूर्वअध्यक्ष दमनविक्रम शाहले बताउनुभयो । आयोजकका अनुसार गौरा महोत्सवका दिन सुदूरपश्चिमको प्रमुख बाजा दाइन, दमाहा, झ्यालीसहित सांस्कृतिक झाँकीहरुको प्रदर्शनी, डेउडा, छलिया, हुड्केली तथा गौरा नाचका साथै सुदूरपश्चिमका चर्चित कलाकारको प्रस्तुति रहने छ ।
नेपाली समुदायको बाक्लो बसोबास रहेको टेक्सास राज्यमा भौगोलिक बनावटअनुसार ड्यालस र अस्टिन गरी दुई स्थानमा गौरा उत्सव कार्यक्रमको आयोजना गरिने छ । सुदूरपश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष गगन केसीका अनुसार गौरा महोत्सवमा गौरादेवीको पूजाआजा, विभिन्न सांस्कृतिक झाँकीको प्रदर्शनी, डेउडा खेल, छलिया तथा हुड्केली नाच तथा सुदूरपश्चिमका चर्चित कलाकार नन्दकृष्ण जोशी, शङ्करसिंह विष्ट लगायतका कलाकारहरुको प्रस्तुति रहनेछन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा