
काठमाडौँ । नेपालका गृहमन्त्री रमेश लेखक र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनले शुक्रबार छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित सम्बन्धि मन्त्रालयमा भएको उक्त भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको मन्त्रीका सचिवालयले जनाएका छन् । भेटमा गृहमन्त्री लेखकले नेपाल र बेलायतबीचको लामो सम्बन्धको प्रशंसा गर्दै नेपालमा लगानीका लागि सकारात्मक वातावरण बन्दै गएकाले बेलायती लगानी भित्र्याउन राजदूत फेनसँग आग्रह गर्नुभयो ।
राजदूत फेनले लामो समयदेखि प्रगाढ सम्बन्ध रहेको विकासोन्मुख देश नेपाललाई सहयोग गर्ने बेलायत सरकार तयार रहेको बताउनुभएको थियो ।
यस्तै उद्योगमन्त्री भण्डारी र राजदूत फेनबीच नेपाल–बेलायतबीच रहीआएको आपसी सम्बन्ध, नेपालको आर्थिक विकास, सुशासन एवं मानवीय सहायतालगायत विविध विषयमा छलफल भएको थियो । मन्त्री भण्डारीले नेपाल सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्य लिएको बताउँदै यस अभियानमा नेपाललाई सघाउन आग्रह गर्नुभयो । औद्योगिक विकास, प्रवर्द्धन तथा प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्नका लागि पनि नेपाललाई सहयोग आवश्यक पर्ने उहाँले बताउनुभयो ।
मन्त्री भण्डारीले उद्योग, पर्यटन, सूचना प्रविधिलगायतका उत्पादनमूलक क्षेत्रको विकास तथा निर्यात अभिवृद्धि सरकारको प्राथमिकताको क्षेत्र भएको बताउनुभयो । उहाँले जडिबुटी, पश्मिना, चिया, तयारी पोसाक, गलैँचालगायत प्राथमिकतामा परेका निर्यातयोग्य वस्तुको प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
राजदूत फेनले मन्त्री भण्डारीलाई पुनःनियुक्तिको लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा दुई देशबीचको व्यापार, लगानी, पर्यटन र शिक्षाको क्षेत्र थप विस्तार, सुदढ र सन्तुलित हुने विश्वास व्यक्त गर्नुभयो । बेलायतको नयाँ गठित सरकारले द्विपक्षीय साझेदारीलाई प्राथमिकतामा राखेको र नेपालसँग थप साझेदारीका कार्यक्रममा अगाडि बढाउँदै लगानी तथा व्यापार अभिवृद्धि गर्न क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित