
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) को ३ दिने चौथो चिल्ड्रेन समर क्याम्प सम्पन्न भएको छ ।
सोमबार १२ अगस्टदेखि संचालन भएको ३ दिने समर क्याम्प बुधबार सम्पन्न भएको हो । विभिन्न उमेर समूहका ३७ जना बालबालिकाहरुको सहभागिता रहेको थियोे ।
बेलायतमा रहेका नेपाली बालबालिकाहरुलाई बुद्धिजम, मेडिटेशन, योगा, दैनिक पूजापाठ लगायतको विषयमा जानकारी गराउने उद्देश्यका साथ उक्त क्याम्पको आयोजना गरिएको हो । क्याम्पमा विभिन्न खेलहरु खेलाइएको थियो । त्यस्तै, यसपटक मनोरन्जनका लागि गुम्बा बाहिर स्थानीय विद्यालयमा सुटिङ्ग खेलमा सहभागी गराई मनोरन्जन प्रदान गराइएको थियो । सुटिङ्ग, खेल तथा कुईज प्रतियोगिताका सहभागीमध्ये उत्कृष्ट बालबालिका तथा समूहलाई पुरस्कार प्रदान गरियो ।

विशेषगरी नेपाली बालबालिकाहरुको सहभागिता रहेको सो क्याम्पमा गुम्बाका धर्मगुरु खेन्पो सेनाङ्ग र लोपेन नर्बुले विभिन्न विषयमा प्रवचन तथा मेडिटेशन, आमा उपप्रमुख शारदा गुरुङले योगा अभ्यास गराउनुभएको थियो । त्यस्तै, संयोजक खुशीमान गुरुङले विभिन्न खेल खेलाउनुका साथसाथै कुईज प्रतिस्पर्धा संचालन र भिडियो सामाग्री प्रस्तुत गर्नुभएको थियो ।
क्याम्पका लागि बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पाले सहभागी बालबालिकाहरुलाई चक्लेट तथा आईसक्रिम, अध्यक्ष हर्कबहादुर गुरुङले खानेपानी र उपाध्यक्ष क्याप्टेन देब घले तथा आमा सचिव तुल्सी घलेले पुरस्कार र चक्लेट प्रायोजन गर्नुभएको थियो । क्याम्पको सहयोगार्थ सहभागी बालबालिकाका अभिभावकहरुले ५ सय ८१ पाउण्ड सहयोग गरेका थिए ।

बीसीसी यूकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङको संयोजकत्वमा सम्पन्न भएको क्याम्पमा बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, उपाध्यक्ष आङ्गदावा शेर्पा, उपाध्यक्ष क्याप्टेन देब घले, उपाध्यक्ष रोबिन गुरुङ, आमा प्रमुख जगना गुरुङ, पूर्व आमा प्रमुख पुष्पा गुरुङ, निवर्तमान आमा प्रमुख उर्मिला गुरुङ, आमा उपप्रमुख शारदा गुरुङ, आमा सचिव तुल्सी घले, सल्लाहकार जंगबहादुर गुरुङलगायत स्वंयसेवकहरुको उपस्थिति रहेको थियो ।
क्याम्पको अन्त्यमा सहभागी बालबालिकाहरुलाई गुम्बाका प्रमुख लामा खेन्पो सेनाङ्गले प्रमाणपत्र तथा पुरस्कार र लोपेन नोर्बुले खादा लगाई बधाई तथा शुभकामना दिनुभएको थियो । सो अवसरमा संयोजक एवं प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङले सबै सहभागी बालबालिका, अभिभावक र गुम्बा स्टाफहरुलाई धन्यवाद दिनुभयो ।
बीसीसी यूकेले गत ४ वर्षदेखि प्रत्येक वर्ष समर क्याम्पको आयोजना गर्दै आएको छ ।
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस