
लन्डन । पर्वत समाज युकेले विपन्न तथा जेहान्दार डेढ सयभन्दा बढी विद्यार्थीहरुलाई शैक्षिक साम्रगी सहयोग गरेको छ ।
पर्वतको विहादी गाउँपालिकाका विद्यालयका १ सय १५ जना, जलजला गाउँपालिकाको फर्से धाइरिङ मावि, कृष्णभवन धर्म मावि, शालिजा मावि र ग्रामप्रकाश मावि लेखफाँटका ४४ जना विद्यार्थीलाई स्टेशनरी, पोसाक, झोला वितरण गरिएको अन्तर्राष्ट्रिय पर्वत समाजका वरिष्ठ उपाध्यक्ष एवम् पर्वत समाज यूकेका भूपू अध्यक्ष दधि आचार्यले जानकारी दिनुभएको छ । ‘विद्यालयले छनौट गरेका विद्यार्थीलाई वितरण गरिएको हो, हामीले आगामी दिनमा पनि रचनात्मक कार्यहरुलाई निरन्तरता दिनेछौं,’ आचार्यले भन्नुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रेखा गुरुङ, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, बिहादी गाउँपालिका अध्यक्ष परबिन गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
पर्वत समाज यूकेका पूर्वअध्यक्ष आचार्यले व्यापार, रोजगारी र विभिन्न पेसाका क्रममा बेलायतमा रहेका पर्वतवासीले जन्मभूमिमा आवश्यक परेका क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।
सन् २००३ मा स्थापना भएको संस्थामार्फत दृष्टिविहीन विद्यार्थीलाई अक्षय कोषसहित शिक्षा, स्वास्थ्य, बाढीपहिरोबाट विस्थापितलगायत विभिन्न क्षेत्रमा सहयोग गरेको समाजकी अध्यक्ष अप्सरा गुरुङको भनाइ छ ।
पर्वत समाज यूकेले पर्वतको शिक्षाका लागि गत असारमा आयोजना गरेको च्यारिटी कार्यक्रममा संकलन गरेको करिब २० लाख रुपैयाँबाट ती विद्यालयहरुलाई शैक्षिक सामग्री प्रदान गरेको प्रस्ट्याएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते