पेरिस । ३३ औँ संस्करण पेरिस ओलम्पिक २०२४ सम्पन्न भएको छ ।
२६ जुलाई मा सिने नदीको किनारमा उद्घाटन समारोहबाट सुरु भएको पेरिस ओलम्पिकमा बेलायत स्थान सातौंमा सीमित रह्यो । बेलायतले १४ स्वर्ण, २२ रजत, २९ कांस्य पदकसहित ६५ पद जोड्न सफल रह्यो ।
अमेरिकाले ४० स्वर्ण, ४४ रजत र ४२ कांस्य पदकसहित कूल १ सय २६ पदक जित्यो र ऊ शीर्ष स्थानमा पुग्न सफल भयो । चीनले पनि समान ४० स्वर्ण पदक जिते पनि उसको कूल पदक ९१ मा सीमित रह्यो । चीनले २७ रजत र २४ कांस्य हात पार्यो ।तेस्रो स्थानमा रहेको जापानले कूल ४५ वटा पदक जित्यो । यसमा २० स्वर्ण, १२ रजत र १३ कांस्य पदक समावेश छन् ।
यस्तै, १८ स्वर्ण पदकसहित अस्ट्रेलिया चौथो स्थानमा रह्यो । टोलीले १९ रजत र १६ कांस्य पदकसहित कूल ५३ वटा पदक जित्यो ।आयोजक फ्रान्सले पाँचौँ स्थान कब्जा गर्न सफल भयो ।
फ्रान्सले १६ स्वर्ण, २६ रजत र २२ कांस्यसहित कूल ६४ वटा पदक हात पार्यो । अब सन् २०२४ को प्यारालम्पिक फ्रान्सको राजधानीमा २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म हुनेछ ।
हेर्नुहोस् पदक तालिका

यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’