लन्डन । बेलायतवासी नेपाली खेलाडी सन्तोष राईले नेपालको प्रतिनिधित्व गर्दै वर्ल्ड च्याम्पियनसिप लङडिस्टेन्सवर्ल्ड ट्रायथलनमा प्रतिस्पर्धा गर्नुहुने भएको छ ।
अस्ट्रेलियाको नर्थ क्विन्सल्यान्डस्थित टाउन्स भेलमा अगस्ट २५ मा हुने वर्ल्ड च्याम्पियनसिपको एलिट विधामा सन्तोष र अमेरिका बोस्टनका सन्तोष कर्माचार्यले प्रतिस्पर्धा गर्न लाग्नुभएको हो ।

नेपाल ट्रायथलन संघले उक्त प्रतिस्पर्धामा पहिलो पटक नेपालको प्रतिनिधित्व गराउन उहाँहरूलाई छनोट गरेको जनाएको छ ।
ट्रायथलन प्रतियोगितामा ३ किमि पौडी, ११४ किमि साइक्लिङ र ३० किमि रनिङ हुनेछ । अस्ट्रेलिया जानुअघि सन्तोष राईले नेपाललाई प्रतिनिधित्व गर्दै भाग पाउँदा गर्व लागेको बताउनुभयो ।
वर्ल्ड ट्रायथलन च्याम्पियनसीपमा विश्वका ४० बढी देशका ३ हजार प्रतियोगी सहभागी हुँदै छन् ।सन् २००९ देखि दौड्न थाल्नुभएका राईले लन्डन, बर्लिन, न्यूयोर्क, सिकागो, बोस्टन, टोकियो जस्ता विश्वका ६ वटा फुल म्याराथन पूरा गर्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ । दुई वर्षमा ती विश्वप्रसिद्ध म्याराथन सम्पन्न गर्नुभएको उहाँ नेपाल रन यूकेका संस्थापक हुनुहुन्छ ।
नेपाल रन यूके अहिले नेपाल र बेलायतका नेपाली खेलाडीलाई आर्थिक सहयोग प्रदान गर्न र खेल विकासमा क्रियाशील छ ।
धरान १० के रनका परिकल्पनाकार राई इंग्ल्यान्ड एथलेटिक्स र नर्थ वेस्ट रिजनल काउन्सिलको आयोजनामा सेप्टेम्बर २७ मा हुने नर्थ वेस्ट रिजनल भोलिन्टियर अवार्डमा वेस्ट कोच अफ द इयरका लागि मनोनीत हुनुभएको छ । सन्तोषलाई एनबीसी यूके र एनआरएनए यूकेले आर्थिक सहयोग गरेको छ ।
एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङले सन्तोषको मिहिनेत र खेल लगावबाट आफू प्रभावित हुनुका साथै देशलाई चिनाउन जान लागेकाले संस्थागत प्रायोजन गरिएको जनाउनुभयो ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि