
काठमाडौँ । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी ३० औं विश्व आदिवासी दिवस मनाइएको छ ।
दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजाति संघसंस्थाहरूले शुक्रबार ९ अगस्टमा संयुक्त रूपमा काठमाडौँमा सांस्कृतिक भेषभूषा, बाजागाजासहितको र्याली निकालेका थिए । काठमाडौँको भृकुटीमण्डपबाट सुरु भएको र्याली विभिन्न स्थानको परिक्रमा गर्दै प्रज्ञाभवन कमलादीमा पुगेर सभामा परिणत भएको थियो ।
‘नेपाल आदिवासी जनजाति महासंघले यो वर्ष संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर’ भन्ने मूल नारासहित दिवस मनाएको हो ।

संयुक्त राष्ट्रसङ्घले भने स्वैच्छिक रूपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरूको अधिकार संरक्षण भन्ने अन्तर्राष्ट्रिय नारा तय गरेको छ ।
प्रत्येक वर्षको ९ अगस्टमा विश्व आदिवासी दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले सन् १९९४ मा विश्व आदिवासी दिवस मनाउने घोषणा गरेपछि संसारभरमा आदिवासी जनजातिले यो दिवस मनाउँदै आएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभाले आदिवासी जनजातिको आधारभूत मानवअधिकार संरक्षण र सम्वर्द्धनका लागि सन् १९९५ देखि २००४ सम्म प्रथम आदिवासी दशक मनाउने निर्णयसमेत गरेको थियो ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै