
लन्डन । बेलायतमा भएको पहिलो एनआरएनए कप फुटबल प्रतियोगितामा बेजिङस्टोक युथ नेपलिज कम्युनिटी (बीवाईएनसी) च्याम्पियन बनेको छ ।
एनआरएनए यूकेले शनिबार लन्डन ब्रोवेल्स लेन फेल्थाममा आयोजना गरेको पहिलो एनआरएनए कपमा बीवाईएनसीले उपाधिसँगै दुई हजार पाउण्ड नगद र मेडल्स् प्राप्त गरेको छ । रनरअप भएको प्लमस्टिड गनर्सले एकहजार पाउण्ड नगद र मेडल्स् प्राप्त गरेको छ । उता, भेट्रान वीनर बन्यो ड्याडीज एफसी । उसले एक हजार पाउण्ड नगद र मेडल्स् प्राप्त गर्यो भने भेट्रान रनर अप भएको इन्टेक ०४ ले ५ सय पाउण्ड नगद र मेडल्स् पायो ।
नन भेट्रानतर्फ ७ गोल गरि हाइऐस्ट स्कोरर केल्भिन भए भने वेष्ट प्लेयर विशाल तामाङ । त्यसैगरि, भेट्रानतर्फ हाइऐस्ट स्कोरर कविर गुरुङ र वेष्ट प्लेयर खुम गुरुङ भए ।
प्रमुख अतिथी अल्डरसट क्षेत्रकी सांसद एलेक्स बेकर, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, एनआरएनए यूके संस्थापक अध्यक्ष महन्त श्रेष्ठ, प्लेटिनम प्रायोजक सी ५३ का निर्देशक अजय ठकुरी, प्रमुख संरक्षक डेभिड गुरुङ, प्रमुख सल्लाहकार डा. भीम पुन, एनआरएनए आइसीसी सदस्यहरु कुमार थापा, रिचर्ड गुरुङ लगायतले विजेता टिम र खेलाडीलाई पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा नन भेट्रान २४ र भेट्रान १६ गरि कुल ४० टिमले प्रतिष्पर्धा गरेका थिए । बेलायतका नेपाली युवाको प्रतिभा उजागर गर्दै ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने उद्देश्यसहित ‘९ ए साइड’ एनआरएनए कप फुटबल प्रतियोगिता गरिएको एनआरएनए युकेका अध्यक्ष गाहामगर बताए ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी