सुहिम याक्थुङ्ग “विश्वास”
केन्ट । बेलायतवासी नेपालीहरुको कथा संकलनमा आइपुगेको हेर्ने कथा टिम कविता वाचनमा सामेल भएको छ ।
विश्व नेपाली साहित्य महासङ्घ युके दक्षिणपूर्वी शाखाको आयोजनामा बिहीबार साँझ २५ जुलाई २०२४ मा सगरमाथा गोर्खा नेप्लिज समाज आसफोर्डको सभाहलमा सम्पन्न पाँऔं सिर्जना वाचन श्रृंखलामा हेर्ने कथा टिमका विद्या चापागाईं, कमल कुमार लगायत युकेमै रहँदै आएका १६ स्रष्टाहरुले आ-आफ्नो सिर्जना पस्किनु भएको थियो । केही वर्ष अघिसम्म फोनै गर्नुपर्ने बाध्यता थियो, जुन महँगो थियो त्यो बेला विदेशमा रहेकाले घरपरिवारलाई सम्झन मिसकल मात्र गर्थे र मिसकल देख्नेले सम्झियो भनेर चित्त बुझाउने उ बेलाको स्थितिलाई चित्रण गरिएको कमल कुमारको मिसकल शीर्षकको कविता र चापागाईंको सपनाको आत्महत्या शीर्षकलाई अत्यधिक रूचाइएका थिए ।

स्रष्टाहरु कवि किरण चाम्लिङ, सुनिल संगम, नरेशविक्रम नेम्बाङ, विजय हितान, गणेश इजम, सर्वधन राई, विश्वासदीप तिगेला, सिता पुन, प्रकाश चोङवाङ, लक्ष्मीप्रसाद तुम्बाहाम्फे, शिखर लिम्बु, ज्ञानु फूरुम्बो लगायतले कविता आ-आफ्नो कविता वाचन गर्नुभएको थियो भने गणेश पुनले आफ्नो स्वरमा गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा स्रष्टाले आफ्नो नाम, वाचन गर्ने आफ्नो रचनाको शीर्षक र रचना वाचनमात्र गर्ने अनुमति थियो । सम्बोधन गर्न निषेध गरिनुले समय बचत हुनुको साथै रोचकतापूर्वक कार्यक्रम अगाडि बढेको आयोजकले बताएको छ ।
कार्यक्रमलाई विश्व नेपाली साहित्य महासंघ युके, साउथ ईष्ट शाखाका कार्यवाहक अध्यक्ष सर्वधन राईले सभापतित्व गर्नुभएको थियो भने विश्वास दीप तिगेलाले संचालन गर्नुभएको थियो । हेर्ने कथाका शुभेच्छुकहरूले सम्मानसहित मायाको चिनोसमेत प्रदान गर्नुभएको थियो ।
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा