सुहिम याक्थुङ्ग “विश्वास”
केन्ट । बेलायतवासी नेपालीहरुको कथा संकलनमा आइपुगेको हेर्ने कथा टिम कविता वाचनमा सामेल भएको छ ।
विश्व नेपाली साहित्य महासङ्घ युके दक्षिणपूर्वी शाखाको आयोजनामा बिहीबार साँझ २५ जुलाई २०२४ मा सगरमाथा गोर्खा नेप्लिज समाज आसफोर्डको सभाहलमा सम्पन्न पाँऔं सिर्जना वाचन श्रृंखलामा हेर्ने कथा टिमका विद्या चापागाईं, कमल कुमार लगायत युकेमै रहँदै आएका १६ स्रष्टाहरुले आ-आफ्नो सिर्जना पस्किनु भएको थियो । केही वर्ष अघिसम्म फोनै गर्नुपर्ने बाध्यता थियो, जुन महँगो थियो त्यो बेला विदेशमा रहेकाले घरपरिवारलाई सम्झन मिसकल मात्र गर्थे र मिसकल देख्नेले सम्झियो भनेर चित्त बुझाउने उ बेलाको स्थितिलाई चित्रण गरिएको कमल कुमारको मिसकल शीर्षकको कविता र चापागाईंको सपनाको आत्महत्या शीर्षकलाई अत्यधिक रूचाइएका थिए ।

स्रष्टाहरु कवि किरण चाम्लिङ, सुनिल संगम, नरेशविक्रम नेम्बाङ, विजय हितान, गणेश इजम, सर्वधन राई, विश्वासदीप तिगेला, सिता पुन, प्रकाश चोङवाङ, लक्ष्मीप्रसाद तुम्बाहाम्फे, शिखर लिम्बु, ज्ञानु फूरुम्बो लगायतले कविता आ-आफ्नो कविता वाचन गर्नुभएको थियो भने गणेश पुनले आफ्नो स्वरमा गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा स्रष्टाले आफ्नो नाम, वाचन गर्ने आफ्नो रचनाको शीर्षक र रचना वाचनमात्र गर्ने अनुमति थियो । सम्बोधन गर्न निषेध गरिनुले समय बचत हुनुको साथै रोचकतापूर्वक कार्यक्रम अगाडि बढेको आयोजकले बताएको छ ।
कार्यक्रमलाई विश्व नेपाली साहित्य महासंघ युके, साउथ ईष्ट शाखाका कार्यवाहक अध्यक्ष सर्वधन राईले सभापतित्व गर्नुभएको थियो भने विश्वास दीप तिगेलाले संचालन गर्नुभएको थियो । हेर्ने कथाका शुभेच्छुकहरूले सम्मानसहित मायाको चिनोसमेत प्रदान गर्नुभएको थियो ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ