
लन्डन । नेपालका प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपालीहरु (एनआरएन)लाई औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भएको छ ।
शनिबार बालुवाटारमा गैरआवासीय नेपाली संघका अधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालको समृद्धिका निम्ति औद्योगिक लगानीमा केन्द्रित हुन एनआरएनलाई आह्वान गर्नुभयो । उहाँले ग़ैरआवासीय नेपाली नागरिकहरुको लागि संविधानले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार प्रयोजनको लागी आवश्यक ऐनमा परिमार्जन गर्ने तथा संयुक्त लगानीको एनआरएन डेभलप्मेन्ट फ़ण्ड संचालनको लागि आवश्यक निर्देशिका तत्कालै जारी गर्ने प्रतिबद्धता जनाउनुभयो ।
ओलीले गैरआवासीय नेपाली संघ स्वतन्त्र र स्वायत्त संस्था भएकोले बाहिरी हस्तक्षेपका कारणले डराउन नपर्ने बताएको भेटमा सहभागी एनआरएन अभियन्ता रोजिना प्रधान राईले जानकारी दिनसभयो ।
टोलीले प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको बधाइ तथा शुभकामना दिएको थियो ।
संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको नेतृत्वमा पुगेका एनआरएन अभियन्ताहरूसँग प्रम ओलीले करिब एक घन्टा अन्तरक्रिया गर्नुभएको थियो । सोही क्रममा डा. बद्री केसीले एनआरएन अभियानले सामना गरेको चुनौती, नेपालमा लगानी सहजिकरण, गैरआवासिय नेपाली नागरिकताको कार्यन्वयनका विषयमा प्रकाश पार्दै सरकारको अग्रगामी भूमिकाका लागि आग्रह गर्नुभयो ।
भेटमा रोजीना प्रधान राई, अतुल कोइराला, हीराधन राई, भूषण घिमिरे, कृष्ण तिमलसिना, अर्जुन कुमार श्रेष्ठ, बिजन भट्ट, राजु अर्याल, केशब तिमिल्सीना, राजेन्द्र पुडासैनी, पर्शु बस्नेत लगायतको उपस्थिति थियो।
यसअघि सोही प्रतिनिधि मण्डलले अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु देउवा राणालाई भेटेर गैरआवासीय नेपालीहरुका मुद्दाका विषयमा छलफल गरेको थियो ।
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान