लन्डन । नेपालको नवनियुक्त परराष्ट्रमन्त्री आरजु देउवा राणाले गैर आवासीय नेपालीहरुसँग सहकार्य गर्ने वचनबद्धता व्यक्त गर्नुभएको छ ।
एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो नेतृत्वको टोलीसँगको भेटका क्रममा बिहीबार परराष्ट्रमन्त्री राणाले एनआरएन अभियानसँग जोडिएर मुलुकको समृद्धिका निम्ति रचनात्मक सहकार्य गर्ने वचनबद्धता व्यक्त गर्नुभएको हो । भेटबारे एनआरएनए अभियन्ता रोजिना प्रधान राईले भन्नुभयो, ‘परराष्ट्रमन्त्रीज्यूसमक्ष हामीले एनआरएन अभियानका समसामयिक महत्वपूर्ण विषयमा साझा धारणा राख्यौं । उहाँले एनआरएन अभियानसँग जोडिएर मुलुकको समृद्धिका निम्ति रचनात्मक सहकार्य गर्ने वचनबद्धता व्यक्त गर्नुभयो ।’
एनआरएनए टोलीले परराष्ट्रमन्त्री राणालाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिएको थियो ।

उक्त टोलीले बुधबार गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेलसँग पनि भेट गरेको थियो । त्यस क्रममा गैरआवासीय नेपाली नागरिकताको विषय र एनआरएनको नेपालमा लगानीबारे छलफल गरिएको थियो ।
टोलीमा संस्थापक अध्यक्ष डा महतो, डा.बद्री केसी, रोजिना प्रधान राई, सोम सपकोटा, अर्जुन श्रेष्ठ, अतुल कोइराला, हिराधन राई, सरोज दाहाल, राजु अर्याललगायत संलग्न रहनुभएको छ ।
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]