
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अगुवाले नवनियुक्त गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेका छन् ।
एनआरएनएका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोको नेतृत्वमा अभियन्ताहरुले बुधबार दुवै मन्त्रीलाई भेटेका हुन् । भेटमा गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, गैरआवासीय नेपालीहरुको लगानी तथा गैरआवासीय नेपाली संघको अभियानको सुदृढीकरण लगायतका विषयमा छलफल भएको भेटमा सहभागी एनआरएनए अभियन्ता रोजिना प्रधान राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नागरिकताको विषयमा विशेष छलफल भई तत्काल कार्यान्वयनमा लैजाने गरी कानुनी प्रावधान मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
एनआरएनए टोलीले नवनियुक्त मन्त्रीहरुलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामनासमेत दिएका थिए । भेटमा डा बद्री केसी, रोजिना प्रधान राई, सोम सपकोटा, अर्जुन श्रेष्ठ, अतुल कोइराला, हिराधन राई, सरोज दाहाल, राजु अर्याल लगायतको उपस्थिति थियो ।
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह